श्रीमतीको साथले मालिक भएका लालबहादुर

अमृत बास्कुने, म्याग्दी

केही वर्ष पहिले सम्म लालबहादुर ग्रिल उद्योगमा सहयोगीको रुपमा काम गर्नुहुन्थ्यो । वैदेशिक रोजगारीका लागि साउदी पुगेका लालबहादुर नेपाल फर्किए पछि ग्रिल उद्योगमा काम गर्नुहुन्थ्यो ।

तर, यतिबेला उहाँ आफ्नै ग्रिल उद्योगको मालिक हुनुहुन्छ । श्रीम्ती गंगाको मजबुत साथ पाएका लालबहादुर दैनिक खटेर आफुलाई मात्र मजबुद बनाउँनुभएको छैन् एक छोरा र एक छोरीको उच्च शिक्षाको लागि समेत प्रयासरत हुनुहुन्छ ।

बेनी नगरपालिका–४ तातोपानीको तल्लो बजारमा बेनी–दरवाङ सडक खण्डमै जोडीएको तातोपानी ग्रिलका प्रोप्राइटर लालबहादुर श्रीमती गंगासँगै व्यसायमा सक्रिय हुनुहुन्छ । पहिले सहयोगीका रुपमा काम गरे पनि अहिले आफु र परिवारले मेहनत गरेर आफ्नै व्यवसाय चलाएको उहाँको भनाई छ ।

लालबहादुरले नापो लगाएर समाएको फलामको छिनोमा उहाँका श्रीमती गंगाले घन हान्दै हुनुहुन्थ्यो । उद्योगमा आएका सबै अर्डर श्रीमान श्रीमती मिलेर पुरा गर्ने गरेको लालबहादुरको भनाई छ । यतिबेला उहाँको उद्योगमा झ्याल बनाउने अर्डर आएको छ त्यसैका लागि काम भै रहेको लालबहादुर बताउनुहुन्छ ।

दैनिकजो आउने फुटकर अर्डर तथा नयाँ घरहरुमा झ्याल ढोका बनाउने काममै व्यस्त हुने उहाँको भनाई छ । फलाम काट्ने काममा श्रीमान श्रीमतीले पालैपालो छिनो समाउने र घन हान्ने गर्नुहुन्छ ।
धेरै पैसा कमाउने रहरले खाडी मुलुक साउदी पुगेका लालबहादुर दुई वर्ष काम गरेपछि नेपाल फर्कनुभएको थियो । गएको खर्च मात्रै उठाउन पनि धौ–धौ भयो अनि फर्किएर यही पेसा गर्न थालेको हुँ – उहाँले सुनाउनुभयो । अहिले कक्षा ११ मा पढ्ने १७ वर्षिया छोरी र १९ वर्षिया छोरालाई पोखरामा पढाइ रहनुभएका किसानले आफ्नै क्षेत्रमा गरेको व्यवसायले पनि आत्मसन्तोष मिलेको बताउनुहुन्छ ।

‘यही गर्दा पनि हुँदो रहेछ, छोराछोरीलाई पोखरामा पढाएको छु, लालबहादुरले भन्नुभयो आफ्नै घरमा बसेर छ वर्ष देखि व्यवसाय गर्दै छु,सबै राम्रै चलिरहेको छ ।’ आम्दानी के कति भयो र कति कमाइयो भन्ने भन्दा पनि हामी दुई जना स्वरोजगार भएका छौं उहाँले सुनाउनुभयो ।

श्रीमानले पहिला अर्काको ग्रिल उद्योगमा काम गर्दा आफ्नै व्यवसाय गर्नु पर्छ भनेर हौसला दिएको र उहाँले आफ्नै व्यवसाय थालेपछि भने दुवै जनाले मिलेर काम गरेको गंगाको भनाई छ । प्रयास गरेको खण्डमा सफलता मिल्छ भन्ने सुनेको थिएँ हामीले सफलता पायौं पाएनौं तर बैदेशिक रोजगारीका लागि अर्काको देशमा पुग्नु भन्दा आफ्नै परिवार मिलेर गरेको व्यवसायले धेरथोर कमाइ हुदा राम्रै भएको उहाँको भनाई छ ।

युवाहरुले आफ्नै क्षेत्रमा गरेको मेहनतले उनीहरुको त राम्रो हुन्छ नै त्यसले अरुलाई पनि थप हौसला मिल्ने म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *