आदर्श सञ्चार सहकारी संस्थाद्वारा राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्य सुरज मलेपतीका पिता, शेयर सदस्य मनमाया श्रेष्ठका दाजु अग्नि कुमार मलेपतिको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभासँगै राहत हस्तान्तरण गरेको हो ।

संस्थाका सल्लाहकार सुरेश प्रसाद श्रेष्ठ, सञ्चालक अम्बिका जि.सी. र कर्जा सहायक संगिता खड्का सहितको टिमले मलेपतीको घरमै पुगेर राहत हस्तान्तरण गरेको हो । सहकारीले शेयर सदस्यको एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत रकम रु. पाँच हजार स्वर्गिय मलेपतीको बहिनी मनमाया श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

मलेपतीको ८३ वर्षको उमेरमा चैत ३० गते निधन भएको थियो । आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकाल देखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *