शालिग्राम महोत्सवको दोश्रो दिन मंगलबार धार्मिक बिषयमा आधारित रत्यौली प्रस्तुत


आदर्श अनलाइन, बागलुङ
बा.न.पा ४ कुडुँले फेदीमा आयोजित शालग्राम महोत्सवको दोश्रो दिन रत्यौली कार्यक्रम सम्पन्न भएको छ ।

बागलुङ नगरपालिका ४ मा रहेको रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र शालिग्राम संग्रहालय व्यवस्थापन समितिद्वारा आयोजित शालिग्राम महोत्सवमा बिभिन्न १५ समुहले रत्यौली प्रस्तुत गरेका थिए ।

महिला हित बचत तथा सहकारी संस्था बागलुङको संयोजनमा आयोजित कार्यक्रममा सहभागीहरुले रत्यौली मार्फत कालिगण्डकीको सभ्यता गौरब र दोहन तथा शालिग्रामको महत्वका बारे चर्चा गरेका थिए ।

शालिग्राम र कालिगण्डकीको महिमालाई विश्वसामु चिनाउनका लागि महोत्सवको आयोजना गरिएको शालिग्राम संग्राहालयका परिकल्पनाकार तथा महोत्सवका मूल आयोजक समितिका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।

सोमबार देखी शुरु भएको महोत्सव यहि बैशाख १५ गते सम्पन्न हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कार्यक्रमको संचालन कलाकार रेशम सापकोटाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *