गलकोट नगरपालिका–२ बालमैत्री वडा घोषणा

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सभा सदस्य जीतबहादुर शेरचनले शैक्षिक क्षेत्रलाई गुणस्तरीय र प्रबिधिमैत्री बनाउनु पर्ने बताउनुभयो । गलकोट नगरपालिका–२ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शेरचनले भौतिक संरचनामा विद्यालयहरु अब्बल बनेको भन्दै अब गुणस्तर बढाउनु पर्नेमा जोड दिनुभयो ।

कांग्रेस बागलुङका सभापतिसमेत रहनु भएका शेरचनले शिक्षालाई अब रोजगारसँग जोड्न अपरिहार्य रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ– “पछिल्लो समय विद्यालयका भौतिक संरचनामा धेरै परिवर्तन आएका छ, कच्ची भवनहरु अहिले पक्कीमा रुपान्तरण भएका छन्, अन्य संरचना पनि उत्तिकै राम्रो भएका छन्, अब गुणस्तर वृद्धिमा ध्यान दिनु पर्छ ।”

कार्यक्रममा गलकोट नगरपालिकाका शिक्षा अधिकृत शिव खड्का, लेखा अधिकृत कृष्णप्रसाद खराल, नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि याम श्रीस, नेकपा एमाले प्रदेश कमिटि सदस्य कुलबहादुर केसी, माओवादी केन्द्रका चन्द्रदत्त रेग्मी, नेपाली कांग्रेस वडा सभापति घनश्याम कुँवर, वडा सदस्य उमेश नेपाली, लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष हिमबहादुर भण्डारीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा वडालाई स्थानीय शासनयुक्त वडा घोषणा गर्न सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको थियो ।

कार्यक्रम वडा अध्यक्ष हिमबहादुर भण्डारीको अध्यक्षता, बालमैत्री सहजकर्ता धना विश्वकर्माको स्वागत र वडा सचिव शान्तिदेवी शर्मा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *