टेलरीङ व्यवसायीमाथी सांघातिक हमला


आदर्श अनलाइन, बागलुङ
बागलुङ बजार हल्लनचोक निवासी जनप्रिय टेलरिङका प्रोपाइटर माथी सांघातिक हमला भएको छ ।

बागलुङ टेलर्स व्यवसायी संघले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बिहिबार बिहान जनप्रिय टेलर्सका प्रोपाइटर सुजन परियार र सरस्वती खड्का परियारमाथी सांघातिक हमला भएको भन्दै आपत्ती जनाएको छ ।

आज बिहान आफ्नै टेलर्समा काम गरिरहनुभएका सुजन परियार र सरस्वती खड्का परियारमाथी आक्रमण हुँदा सख्त घाइते भई अहिले धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक मदन केसीका अनुसार जनप्रिय टेलर्समा काम गरिरहनुभएका परियार दम्पतीमाथी हातपात गर्ने बागलुङ नगरपालिका–३ का आशिष शाक्य र सुरत शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान थालिएको छ ।

बागलुङ टेलर्स व्यवसायी संघले व्यवसायीक स्वतन्त्रताको हनन भएको भन्दै कार्वाहीको माग गरको छ । बागलुङ टेलर्स व्यवसायी संघका अध्यक्ष प्रेम कुमारी श्रीसद्वारा हस्ताक्षरीत विज्ञप्तीमा सम्पूर्ण टेलर्स व्यवसायीहरु असुरक्षति भएको भन्दै सम्पूर्ण टेलर्स बन्द गर्न आव्हान गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *