शालिग्राम महोत्सवको चौथो दिन भजनकृतन, लोक दोहोरी, झाक्री नाँच प्रदर्शन


आदर्श अनलाइन, बागलुङ

बा.न.पा ४ कुडुँले फेदीमा आयोजित शालिग्राम महोत्सवको चौथो दिन बिहिबार भजनकृतन लोकदोहरी झाक्री नाँच लगायतका कार्यक्रम सम्पन्न भएको छ ।

बागलुङ नगरपालिका ४ मा रहेको रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र शालिग्राम संग्रहालय व्यवस्थापन समितिद्धारा आयोजित शालिग्राम महोत्सवमा बिभिन्न समुहले कालिगण्डकी, शालिग्राम सिला सहित बिभिन्न बिधाका भजनकृतन र लोकदोहोरी प्रस्तुत गरेका थिए ।

महोत्सवको पहिलो दिन कवि गोष्ठी, दोस्रो दिन धार्मिक रत्यौली, तेस्रो दिन लोक भजन चुट्का र दारी बा को प्रस्तुती लगायतका कार्यक्रम भएका थिए । यसबाहेक महोत्सवमा नियमित पुजा अर्चना तथा धार्मिक प्रवचन भईरहेको छ ।

सोमबार देखी शुरु भएको महोत्सव शुक्रबार विधिवत रुपमा समापन गरिने मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो । महोत्सवको प्रमुख वाचक स्वामी चक्रपाणी आचार्य रहनुभएको छ । कार्यक्रमको संचालन कलाकार रेशम सापकोटाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *