सामुदायिक वन उपभोक्ता महासंघ बागलुङको अध्यक्षमा कार्की

आदर्श अनलाइन, बागलुङ
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ बागलुङको अध्यक्षमा कुल बहादुर कार्की निर्विरोध निर्वाचित हुनु भएको छ । जिल्ला महासंघको बिहीवार बागलुङमा सम्पन्न सातौ जिल्ला अधिवेशनबाट बागलुङ नगरपालिकाका कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा ताराखोला गाउँपालिकाका दिपक रोका, महासचिवमा काठेखोला गाउँपालिकाका उजेली शर्मा, कोषाध्यक्षमा गलकोट नगरपालिकाका कल्पना भण्डारी चयन हुनु भएको छ ।

समितिका सदस्यहरुमा गलकोट नगरपालिकाका घनिश्याम कुँवर, ताराखोला गाउँपालिकाका पूर्णमाया रोका, बडिगाड गाउँपालिकाका कालिका खरेल, बरेङ गाउँपालिकाका दिलु पुन, ढोरपाटन नगरपालिकाका तुलसी शर्मा र तमानखोला गाउँपालिकाका लाल कुमारी बुढामगर चयन हुनु भएको छ ।

अधिवेशनको उद्घाटन बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले गर्नु भएको थियो । सो अवसरमा बोल्दै खड्काले सामुदायिक वन समुहहरुले वन विकास र वन उद्यमका लागि सरोकारवालाहरुसंग समन्वय गरेर गरिवी न्यूनिकरणमा बढी भन्दा बढी योगदान गर्नु पर्नेमा जोड दिनुभएको छ ।
वनमा उत्पादन हुने वस्तुले मानिसको जिवन निर्वाहमा महत्वपूर्ण योगदान गर्ने भएकाले वन क्षेत्रमा रहेका वस्तुहरुको पहिचान र परिचालन मार्फत रोजगारी सिर्जना, आयआर्जन वृद्धिमा योगदान गर्न सकिने उहाँको भनाई थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय समितिका सदस्य प्रेम लामिछाने, प्रदेश लेखा समितिका संयोजक राम बहादुर केसी, प्रदेश सदस्य गिता शर्मा र डिप्लोमा खरेल, बागलुङ नगरपालिका वडा नं.५ का वडा अध्यक्ष तथा पारिवारीक निजी वन बागलुङका अध्यक्ष हरि प्रसाद शर्मा, निसीखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष कुविर वि.क., लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वन उद्यम, विकास र सामुदायिक वन उपभोक्ता समुह मार्फत वित्तीय साक्षरता विकासका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सजहीकरण गर्नु भएको थियो । उहाँले लक्षित वर्गमा राज्य र अन्य निकायले सञ्चालन गर्ने कार्यक्रम सहज रुपमा पु¥याउनका लागि सामुदायिक वन प्रभावकारी हुने भएकाले सरोकारवालाहरुल्े ध्यान दिनु पर्ने बताउनु भएको थियो ।

बागलुङ जिल्लामा ५ सय २८ वटा सामुदायिक वनमार्फत ७१ हजार २ सय ५२ घरधुरीका वासिन्दा लाभान्वित भएका छन् । अधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष राज थापाले वित्तीय तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघका अध्यक्ष राज थापाको अध्यक्षता, सचिव मुना थापाको सञ्चालन र प्रदेश सदस्य कुल बहादुर कार्कीको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *