शालग्राम महोत्सव सम्पन्न

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–४ कुडुँले फेदीमा आयोजित शालिग्राम महोत्सव सम्पन्न भएको छ । महोत्सवको अन्तिम दिन शुक्रबार शालग्राम संग्रहालय निर्माण गर्न आर्थिक, नैतिक र भौतिक योगदान गर्ने विशिष्ट व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।

शालग्राम महोत्सव समापन कार्यक्रममा बोल्दै प्रध्यापक डा. लेखनाथ पौडेलले शालग्राम शिलाको महत्व विश्वभर रहेको बताउनुभयो । पौडेलले लोपहुँदै आएको शिलाको प्रभार प्रसार र संरक्षणमा शालग्राम संग्रहालयले ठूलो भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा स्वामि जगन्नाथ आचार्य, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, पूर्व अध्यक्ष तथा सम्मानित व्यक्तित्व सहदेव राजभण्डारी, बरिष्ठ अधिवक्ता पध्मनाथ शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वामी जगन्नाथ आचार्य, सहदेव राजभण्डारी, पध्मनाथ शर्मा, पत्रकारहरु राजेशचन्द्र राजभण्डारी, मुकेशचन्द्र राजभण्डारी, सुवास आचार्य, कोपिला कंडेल, प्रकाश पौडेल, खेमराज गौतम र प्रकाश बराललाई सम्मान गरिएको थियो ।

पाँच दिन सम्म चलेको शालग्राम महोत्सवमा शालग्राम संग्रहालय र महिमा समेटिएको लोकभजन, कविता वाचन र रत्यौली लगायतका कार्यक्रम सम्पन्न गरिएको श्रीधराचार्य शालग्राम संग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले बताउनुभयो ।

पछिल्लो समय लोप हुँदै गएको शालग्राम संरक्षण गरेर राखिएको संग्हालयको प्रचार प्रसार गर्दै धार्मिक पर्यटकहरु आमनत्रण गर्नका लागि महोत्सव आयोजना गरिएको थियो ।

बागलुङ नगरपालिका ४ मा रहेको रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र शालिग्राम संग्रहालय व्यवस्थापन समितिद्धारा आयोजित शालिग्राम महोत्सवमा बिभिन्न समुहले कालिगण्डकी, शालिग्राम सिला सहित बिभिन्न बिधाका भजनकृतन र लोकदोहोरी प्रस्तुत गरेका थिए ।

महोत्सवको पहिलो दिन कवि गोष्ठी, दोस्रो दिन धार्मिक रत्यौली, तेस्रो दिन लोक भजन चुट्का र दारी बा को प्रस्तुती तथा चौथो दिन महोत्सवको भजनकृतन लोकदोहरी झाक्री नाँच लगायतका कार्यक्रम सम्पन्न भएको छ ।

महोत्सवमा नियमित पुजा अर्चना तथा धार्मिक प्रवचन भएको थियो । महोत्सवको प्रमुख वाचक स्वामी चक्रपाणी आचार्य रहनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *