कानुन व्यवसायीको चुनावमा धौलागिरीबाट प्रगतिशिलको अग्रता

आदर्श अनलाइन,बागलुङ

धौलागिरीमा प्रगतिशिल ३४,लोकतान्त्रिकलाई ३० मत, तीन मत बदर

नेपाल कानून व्यवसायी परिषद् पार्षदका लागि शनिवार निर्वाचन भएको छ ।

सातै प्रदेशमा पार्षद छान्नका लागि परिषदले निर्वाचन गर्ने कार्यतालिका तय गरे अनुसार साविकको धौलागिरीका बागलुङ, पर्वत र म्याग्दीको बागलुङमा मतदान गरिएको हो ।

परिषदको गण्डकी प्रदेश पार्षद पदमा प्रगतिशिल कानुन व्यवसायी समूहका तर्फबाट नारायणप्रसाद आचार्य र लोकतान्त्रिक कानून व्यवसायी समूहबाट मुकुन्दराज अर्याल प्रतिस्पर्धामा हुनुहुन्छ ।

कानुन व्यवसायी परिषद पार्षदका लागि मतदान गर्दै वरिष्ठ अधिवत्ता कृष्णप्रसाद न्यूरे ।

धौलागिरीमा ७२ जना अधिवत्ता र वरिष्ठ अधिवत्तालाई मताधिकार रहेकोमा ६७ मत खसेको थियो । जसमा प्रगतिशिल कानुन व्यवसायी समुहका आचार्यलाई ३४ मत प्राप्त भएको निर्वाचन अधिकृत एवम् बागलुङ बारका अध्यक्ष हरिप्रसाद शर्माले बताउनुभयो । शर्माका अनुसार, लोकतान्त्रिक समूहका अर्याललाई ३० मत प्राप्त भएको छ । तीन मत बदर भएको छ । परिषदको निर्वाचनका लागि बारले बार अध्यक्ष निर्वाचन अधिकृत रहने गरि उपाध्यक्ष बद्रिप्रसाद शर्मा र सचिव सरिता केसी रहेको निर्वाचन समिति गठन गरेको थियो । गण्डकी प्रदेशभरको समग्र मत जोडे पछि बिजयी हासिल गर्नेले प्रदेशबाट पार्षद बन्ने अवसर प्राप्त गर्ने अधिवत्ता राम शर्माले बताउनुभयो ।

नेपाल कानुन व्यवसायी परिषदले नयाँ बन्ने कानुन व्यवसायीको लाइसेन्स परिक्षा र खारेज सम्मको काम गर्दछ । परिषदमा नेपाल सरकारका महान्यायाधिवत्ता अध्यक्ष, नेपाल बारको अध्यक्ष उपाध्यक्ष, ७ प्रदेशबाट एक एक जना पार्षद र अर्का दुई सदस्य मनोनित गर्ने व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *