पछिल्लो समय वित्तय संस्थाहरुमा तलरलताको कमी प्रतक्ष देखिन थालेको छ । तरलताको कमीकै कारण सहकारी संस्थाहरुले पनि समयमा सदस्यको बचत फिर्ता गर्न नसकेको भन्ने गुनासा बढ्न थालेका छन् । सहकारी क्षेत्रमा देखिएका विविध समस्याका बारेमा बेनी नगरपालिका–८, न्यूरोड बेनीमा रहेको भुपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बालकृष्ण सुवेदीसँग आदर्शकर्मी अमृत बास्कुनेले गरेको कुराकानीको सम्पादित अंश ।
वित्तिय संस्थाहरुमा तरलताको कमी प्रतक्ष देखिन थालेको छ । तरलता कमीको प्रभाव तपाईंको संस्थामा कस्तो छ ?
अहिलेको वर्तमान अवस्थामा सहकारीमा मात्र नभई देशको समग्र वित्तिय क्षेत्रमा नै तरलताको अभाव देखा परिरहेको अवस्था छ । भुकम्प, नाकाबन्दी, कोरोनाले थिलोथिलो परेको देशको अर्थतन्त्र र जनताको आर्थिक अवस्थामा आर्थिक मन्दीले निरन्तर नकारात्मक असर पारिरहेको छ । जनताको आर्थिक अवस्थामा परेको असरले गदा वित्तिय क्षेत्रमा उपेक्षीत बचत घटेका छ । बैंकबाट कर्जा प्रवाह नहुने र बजारमा भएको पैसा भित्र्याउन ‘क’ वर्गकै बंैकले सहकारी सरहको वा सो भन्दा आकर्षक सेवा सुबिधा उपलब्ध गराईरहेको यस परिप्रेक्षामा सरकारले पनि र्बैक तथा अन्य वित्तिय संस्थाहरुलाई व्याजदरको कुनै सिमा निर्धारण नगरेपनि सहकारीलाई भने अनावश्यक अंकुश लगाउने काम गरिरहेको छ ।
जसले गर्दा सहकारी संस्थामा तरलताको अभाव देखिनु स्वभाविक कुरा हो । यद्यपी सहकारी विभागद्वारा जारी निर्देशन अनुसार कुल निक्षेपको १० देखि १५ प्रतिशत सम्म तरलता कायम राख्नु पर्नेमा अहिलेको अवस्थामा पनि हाम्रो संस्थामा २० प्रतिशत भन्दा माथि तरलता रहेको छ । सहकारीको लागि सदस्य र सदस्यको लागि सहकारी भन्ने धारणाका साथ अगाडि बढेको हाम्रो सहकारी निरन्तर रुपमा सदस्यसँग सम्पर्कमा रहि आफ्नो संस्थाको कारोबारको अवस्था, तरलताको अवस्था, संस्थाको भावि योजनाका बारेमा जानकारी गराउने तथा सदस्य शिक्षा सम्बन्धी कार्यक्रम सन्चालन गरि सदस्यलाई सहकारी मार्फत कारोबार गर्नेका लागि प्रोत्साहन गरिरहेका छौं । म हाम्रा सम्पूर्ण शेयर सदस्यज्यूलाई हाम्रो संस्थामा केही र कुनै पनि समस्या नभएको पुनः अवगत गराउँदै ढुक्कसँग आफ्नै संस्थाबाट बचत तथा ऋणको कारोबार गर्नुहुन हार्दिक आग्रह गर्दछु ।
लगानीका लागि निर्णय भएका कर्जाका फाइलहरु स्थगित गर्न थालिएको छ भन्ने सुन्नमा आएको छ, के यो सत्य हो ?
आर्थिक मन्दीको यस भयावह अवस्थामा सिङ्गो वित्तिय क्षेत्रनै तरलताको अभावमा गुजरिरहेको स्थितीमा कर्जा लगानी गर्नभन्दा पनि बचत फिर्ता र कर्जा असुलीमा संस्थाहरुको ध्यान केन्द्रित रहेको अवस्था छ । अधिकांश संस्थाहरुले कर्जा प्रवाह पुर्ण रुपमा बन्द गरिरहेको वर्तमान अबस्थामा समेत हामी आप्mना सदस्यद्वारा माग भएका फाइल मध्येबाट शेयर सदस्यको आवश्यकता तथा उनीहरुको उद्देश्यका बारेमा जानकारी लिई संस्थाको तरलतालाई विभागको निर्देशन अनुरुप कमी हुन नदिने गरि प्राथमिकताका आधारमा कर्जा लगानी गरिरहेका छौ । हामीले दीर्घकालिन योजन बनाएर आगामी एक वर्ष सम्म हुन सक्ने बचत फिर्ताको आकलन गरेर तरलताको अवस्थालाई ध्यानमा राखेर मात्र कर्जाका फाईल स्वीकृत गर्ने हुँदा, कुनै पनि फाईल आजको मिति सम्म पैसाको कमीका कारणले गर्दा स्थगन नगरिएको सगौरव जानकारी गराउन चाहान्छु ।
सहकारी संस्थाहरुमा देखिएको तरलता अवभावको अवस्थाबाट बाहिर निस्कन के गर्नुपर्ला ?
मैले अगाडीनै उल्लेख गरे अनुरुप एकातिर सरकारको सहकारी संस्था माथी लगाईएको अनावश्यक अंकुश र बजारमा सहकारी संस्थाहरुको बारेमा फैलाईएका अनावश्यक अफवाहका कारणले गर्दा साकोस माथिको विश्वासनियतामा सिर्जना गरिएको नकारात्मक भ्रमका कारणले गर्दा पहिले जस्तो बचत रकमहरु सहकारीमा आउने सम्भावना अपेक्षीत न्यून रहेको र भएका बचतहरु पनि उच्च दरमा फिर्ता भएको अबस्था रहेको छ । हामीले विभिन्न काल खण्डमा विभिन्न समस्याहरुको सामना गर्दै आजको अवस्थामा आईपुगेको र्हौ । मेरो विचारमा यस समस्या पनि एक क्षणिक समयका लागि मात्र हो । त्यसैले विद्यमान संकटको अवस्थामा पनि अविचलित रहि निरन्तर कारोबार सञ्चालन गर्ने सहकारीहरु संकटको समाप्ती संगसंगै पुरानै लयमा फर्कने कुरामा म विश्वसत रहेको छु । धेरै सदस्यहरुले सहकारीमा रहेको बचतलाई फिर्ता गरि बैंकमा सारेको पाइएको छ । त्यसैले पनि आप्mनो संस्थाको तरलतालाई घट्न नदिन साथै सदस्यलाई ढुक्कसँग सस्थामा कारोबार गर्नेलाई सदस्य केन्द्रित कार्यक्रमहरु सन्चालन गर्ने, सदस्यसँग नियमित रुपमा सम्पर्कमा रहेर संस्थाको कारोबारका बारेमा जानकारी गराउने, संस्थामा कायम रहेको तरलताको बारेमा जानकारी दिने, सम्पुर्ण सदस्यहरुलाई सहकारीको स्वामित्व अनुभुती हुने गरि कारोबार संचालन गर्ने, कर्जा असुली मा विशेष पहल गर्ने लगायतका कार्य गर्दा तरलता ब्यवस्थापन गर्न सहज होला ।
बैंकहरुले विभिन्न कारण देखाउँदै लगानी भएका कर्जाको व्याजदर हेरफेर गर्ने गरेको गुनासो त सुन्दै आएको हो, पछिल्लो समय सहकारी संस्थाले पनि लगानी भइसकेका कर्जाको व्याजदर हेरफेर गरेको भन्ने सुन्नमा आएको छ, के यो सत्य हो ?
राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’ तथा ‘ख’ वर्गका बैंकले बचतमा उच्चतम व्याजदर कायम गर्नाले, हामीले पनि उच्च व्याजदर कायम गर्नु पर्ने बाध्यता रहेको छ । जसकारणले गर्दा सहकारी संस्थाले आफुहरुले लिने बचत र लगानी गर्ने ऋणको ब्याजदरको फरक ९क्उचभबम च्बतभ० बढीमा ६ प्रतिशत सम्म कायम गर्ने पाउने व्यवस्था भए पनि अहिलेको अवस्थामा बैकहरुले बचतको ब्याजदर वृद्धि गरेको तथा ऋणमा पनि १७–१८ प्रतिशत सम्ममा लगानी गरिरहे पनि सहकारीमा सहकारी विभागले सन्र्दभ व्याजदर १६ प्रतिशत कायम गरेकाले सोही हाम्रो संस्थाबाट प्रवाह गरिएको सम्पुर्ण कर्जाको दर सहकारी बिभागको निर्देशन अनुसार नै कायम गरेका छौ ।
सहकारी क्षेत्रलाई थप व्यवस्थीत गर्नको लागि के गर्नुपर्ला ?
बचत तथा ऋण सहकारी संस्था भनेको सदस्यबाट बचत संकलन गरि सदस्यलाई कर्जा उपलब्ध गराई आफ्ना सदस्यहरुलाई वित्तिय सेवा पु¥याएर सदस्यहरुको जिवनस्तर उकास्ने उद्देश्यले स्थापना भएपनि नेपालमा विभिन्न उद्देश्य राखेर स्थापना भएका अन्य सबै जसो विषयगत सहकारी संस्थाहरुले समेत बचत तथा ऋणको कारोबार गरेको पाइएको छ । त्यसैले स्थापित सबै जसो सहकारी संस्थाहरुले धेरै नगरे पनि कम्तिमा ५० प्रतिशत त्यस क्षेत्रमा काम गनुपर्ने देखिन्छ । सबै सहकारीबाट सहकारी ऐन, नियम, निर्देशन पालना गर्देै आफ्ना सदस्य केन्द्रित कार्यक्रम सन्चालन नगर्ने साथै नियमनकारी निकायको नियमित अनुगमन नभएका कारणले गर्दा सहकारीहरु आफ्नो तरिकाले चलेको देखिएकाले नियमनकारी निकायले निरन्तर अनुगमन तथा नियन्त्रण गर्दै सहकारी संस्थाहरुलाई संचालन गर्नु पर्ने देखिन्छ । राज्यले अवलम्बन गरेको तीन खम्बे अर्थ नीतिको विरुद्धमा सरकार आफै सहकारीको घाटी निमोठ्न उद्दत हुनु दुःखद विषय हो । भने सदस्यहरुद्वारा स्वनियमनकारी संस्थाको रुपमा संचालन गर्न सैद्दान्तीक अनुमती लिई सचालन गरेका सहकारी संस्थाका संचालकहरुको बेथीती र बेईमानीका कारण सिङ्गो सहकारी आन्दोलननै धरापमा पर्न सक्छ कि भन्ने अर्को विडम्बना हो । यस कारण राज्यद्वारा प्रोत्सहान र नियन्त्रण, छाता संस्थाद्वारा समग्र आन्दोलनको जवाफदेहि पूर्ण अभिवावकत्व ग्रहण, संचालकबाट ईमान्दार पूर्ण ऐन÷नियम पालना सहितको संस्था संचालन प्रतिबद्वता र सदस्यद्वारा सचेतना पूर्ण कारोबारमा सहभागीता सहितको सहकारी आन्दोलनमा साथ रहेमा मात्र वर्तमान संकटलाई पार लगाउदै सहकारीको मर्म र भावना बमोजिम आर्थिक, सामाजिक रुपान्तरण सहितको राष्ट्र निर्माण सम्भव हुने छ ।