पवित्रा साकोसले ग¥यो शताब्दी पुरुष र महिलालाई सम्मान

आदर्श अनलाइन संवाददाता
पोखरा

पवित्र वचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा महानगरपालिका–९ कास्कीले १ सय वर्ष पुरा भएका २ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
संस्थाको शुक्रवार सम्पन्न आठौ वार्षिक साधारणसभामा १ सय ५ वर्षीया अनुरुपा बञ्जरा भाट र १ सय ३ वर्षीय इन्द्रबहादुर रानाभाटलाई दोसल्ला ओढाई नगद सहित सम्मान गरिएको हो ।
जेष्ठ नागरिकले समाजमा गरेको योगदान, उहाँहरुले दिएको अर्ति उपदेश र मार्गदर्शनबाट नयाँ पुस्तालाई थप उर्जाशिल बनाउनका लागि सहयोग पुग्ने अपेक्षाका साथ शताब्दी पुरुष र महिलालाई सम्मान गरिएको संस्थाका अध्यक्ष शिवबहादुर रानाभाटले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी, संस्थाका सल्लाहकार खड्कबहादुर रानाभाट र संस्थाका अध्यक्ष शिवबहादुर रानाभाटले शताब्दी पुरुष र महिलालाई सम्मान गर्नु भएको थियो ।
साधारणसभामा उद्घाटन मन्तव्य व्यक्त गर्दै सहकारी बैंकका सञ्चालक जिसीले सहकारीमार्फत लोककल्याणकारी शासन सञ्चालनमा सहयोग पुग्ने बताउनु भयो ।
समाजमा पछि परेका र पारिएकाहरुको आर्थिक तथा सामाजिक विकासका लागि सहकारीको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिदै जिसीले समृद्ध नेपाल निर्माण गर्ने अभियान सफल पार्ने हो भने तीन वटै तहका सरकारले सहकारीको साथ लिनु पर्ने बताउनु भयो ।
सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि क्रियाशिल शेयर सदस्य, क्षमतावान सञ्चालक र दक्ष कर्मचारीको आवश्यक पर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष कृष्णप्रसाद बराल, जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष भेषराज बराल, संस्थाका सल्लाहकार खड्कबहादुर रानाभाट, निवर्तमान अध्यक्ष मिना रानाभाट, रानाभाट समाजका क्षेत्रीय उपाध्यक्ष चन्द्रबहादुर रानाभाट, जिल्ला अध्यक्ष रमेश रानाभाट, शेयर सदस्यहरु होमबहादुर रानाभाट र बिमला रानाभाट लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । रानाभाट समाज नेपालको अगुवाईमा स्थापित संस्थामा ८ सय ११ जना शेयर सदस्य, ४ करोड २ लाख शेयर रकम, ६ करोड ४४ लाख निक्षेप, ९ करोड ८५ लाख कर्जा लगानी रहेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष शिवबहादुर रानाभाटको अध्यक्षता, उपाध्यक्ष बुद्धिबहादुर रानाभाटको स्वागत र सचिव गुप्तबहादुर रानाभाटको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *