जेसीज कप अन्तरगत सेमिफाइनलको समिकरण पुरा

आदर्श अनलाइन, बागलुङ

बागलुङ जेसीजले आयोजना गरेको प्रथम अर्ना जेसीज कप फुटवल प्रतियोगिता अन्तरगत सेमिफाइनलको समिकरण पुरा भएको छ ।

११ टिमको सहभागीता रहेको प्रतियोगिताबाट चिल्ड्रेन लाइफ स्पोट क्लव बागलुङ, श्री मेयर गण बागलुङ, बिर गोरखाली युवा क्लव बागलुङ र कालीपुल युनाइटेड बेनी म्याग्दी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

वैशाख १७ गतेदेखि शुरु भएको प्रथम अर्ना जेसीज कप फुटवल प्रतियोगिता २०२३ अन्तरगत बुधवार क्वाटरफाइनलका दुई खेल सकिएसंगै सेमिफाइनलको समिकरण पुरा भएको हो ।

यसअघि मंगलवार क्वाटरफाइनलका दुई खेल सकिएका थिए । बुधवार चिल्ड्रेन लाइफ स्पोट क्लव बागलुङ र नवउत्साही पर्वतकाबिच भएको क्वाटरफाइनलमा नवउत्साही पर्वतलाई शुन्यका बिरुद्ध ६ गोलले पराजित गर्दै चिल्ड्रेन लाइफ स्पोट क्लवले सेमिफाइनलको यात्रा तय गरेको हो । चिल्डे«नको जितका लागि ग्लोरीले ४, मोहन थापाले १ र दिपेश मल्लले १ गोल गर्नु भएको थियो । त्यसैगरि बिरगोरखाली युवा क्लव र गुठी युथ क्लवबिच भएको खेलमा गुठी युथ क्लवलाई शुन्यका बिरुद्ध ३ गोलले पराजित गर्दै बिरगोरखाली सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिरगोरखालीको जितका लागि ससिल थापाले २ र अञ्जन चौधरीले १ गोल गर्नु भएको थियो । सेमिफाइनलमा कालीपुल युनाइटेड बेनी म्याग्दी बिरुद्ध श्रीमेयर गण र चिल्डे«न लाइफ स्पोट क्लव बिरुद्ध बिरगोरखाली युवा क्लव भिड्ने भएको प्रतियोगिताका संयोजक सौरभ खत्रीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *