ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

आदर्श अनलाइन, म्याग्दी

मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग १ त ६७३६ नम्बरको ट्याक्टर अचानक अनियन्त्रित भइ दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको भए पनि थप कारण नखुलेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक धर्म अधिकारीले बताउनुभयो ।

टुकुचेमा भएको उक्त दुर्घटनामा परेर ट्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । उक्त दुर्घटनामा परी म्याग्दीको धौलागिरी गाउँपालिका–३ दरका ३४ वर्षीय तकमान बुढामगरको घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टरका चालक थवाङ गाउँपालिका–१, रोल्पाका का २४ वर्षिय नारद रोका प्रहरी नियन्त्रणमा रहेको इन्सपेक्टर अधिकारीले जानकारी दिनुभयो । मृतकका परिवारलाई जानकारी दिइएको छ उहाँहरु आएर जाहेर दिनुभयो भने बाँकी अनुसन्धान अगाडी बढ्छ उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *