निसीखोलमा डुबेर बालिकाको मृत्यु


आदर्श अनलाइन, बागलुङ
निसीखोलामा डुबेर बालिकाको मृत्यु भएको छ ।

बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–६ भल्कोट बस्ने चक्र बहादुर बुढाकी छोरी ५ वर्षीया साकीरा बुढाको निसीखोलामा डुबेर मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

घर भन्दा २०० मिटर तल रहेको निसीखोलामा खेल्ने क्रममा डुबेर गम्भिर घाईते बालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *