मंगला गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घाेषणा

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको मंगला गाउँपालिका जिल्लामा पूर्ण खोप सुनिश्चित घाेषणा गर्ने पहिलो पालिका बनेकाे छ । आइतबार एक कार्यक्रमका बीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

१६ महिना पूरा भई ५९ महिना ननाघेका आठ सय दुई जना बालबालिकाले पूर्ण खोप लगाएपछि पूर्ण खोप पालिका घाेषणा गरिएकाे हाे । कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका संयोजक राजकुमार थापाले बालबालिकाले पूर्ण खोप पाउनु उनीहरुको अधिकार भएको बताउनुभयो ।

गाउँपालिकाको सिफारिसपछि जिल्ला खोप समन्वय समितिकाले प्रमाणिकरण गरेर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिताको दिगोपनाको प्रमाणपत्र प्रदान गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

१४ हजार आठ सय ३७ जनसंख्या रहेको गाउँपालिकामा ११ महिनाभन्दा मुनीका दुई सय ५७ जना र २३ महिना मुनीका पाँच सय १६ जना बालबालिका रहेको मंगला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लेखनाथ रोकाले बताउनुभयो ।

चार वटा स्वास्थ्यचौकी र तीन वटा सामुदायिक स्वास्थ्य इकाइबाट सेवा दिई रहेको मंगला गाउँपालिकाले १९ वटा खोप क्लिनिक, १० वटा गाउँघर क्लिनिक, ३७ जना राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका मार्फत समुदाय स्तरमा स्वास्थ्य सेवा प्रवाह गरी रहेको उहाँको भनाई थियो ।

हालको अवस्थामा बालबालिकालाई पूर्ण खोप लगाउनका लागि खोप तथा जनशक्ति गर्दा एक जना बालबालिकाका लागि राज्यले ३० हजार रुपैयाँभन्दा बढी खर्चिने गरेको रोकाको भनाई थियो । मंगला गाउँपालिकामा मात्रै वार्षिक खोपका लागि मात्रै राज्यले दुई करोड ४० लाख ६० हजार रुपैयाँ खर्चिएको उहाँले बताउनुभयो ।

कार्यक्रम मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षता, स्वास्थ्य शाखा प्रमुख लेखनाथ रोकाको स्वागत एवम् सिनियर अहेव यामप्रसाद खरालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *