बागलुङमा ट्राफिक सप्ताह सकियो

सुजन रेग्मी, बागलुङ

ट्राफिक कार्यालय बागलुङले विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह मनाएको छ ।

ट्राफिक सप्ताह कार्यक्रमलाई समापोन गर्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठले ट्राफिक नियम पालन गरे दुर्घटना नहुँने बताउनुभयो ।

श्रेष्ठले ट्राफिक प्रहरीलाई नगरपालिकाले ट्राफिक व्यवस्थापनका सामाग्री लगायत अन्य सहयोग गरिरहेको बताउनुभयो ।

कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेलले उद्योग वाणिज्य संघले ट्राफिकहरुको कार्यक्रमलाइ सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले गाडी भाडा दर टाँस गर्न अनुरोध गर्नु भएको थियो । त्यतै कार्यक्रममा सामुदायिक सेवा केन्द्र चिप्लेटी वसपार्कका अध्यक्ष लिला देवि खड्का, यातायात कार्यलयका प्रमुख पारसिङ थापा तथा जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख मिन बहादुर खड्का लगायते मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी निरिक्षक योगेन्द्र कुमार खड्काको अध्यक्षता र प्रहरी निरिक्षक राजाराम खड्काको सञ्चालनमा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा रक्तदान गरिएको थियो । सप्ताह समारोहमा सक्रिय पूर्वक समाचार संकलन गर्ने पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *