बागलुङमा प्राध्यापकहरुका लागि ३ दिने प्राज्ञिक लेखन विकास तालिम

रोहन जि.सी, बागलुङ

धवलागिरी बहुमुखी क्याम्पस बागलुङको अनुसन्धान व्यबस्थापन समितिको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको संयोजनमा संचालित ३ दिने प्राज्ञिक लेखन विकास तालिम आइतबार सम्पन्न भएको छ ।

बिहिबार देखी शुरु भएको तालिमको समापनमा बोल्दै त्रिभुवन विश्वविद्मालयका रजिस्ट्रार प्रा.डा. पेशल दाहालले तालिममा आर्जन गरिएका ज्ञान र विचारलाई अध्ययन तथा प्राध्यापनमा उपयोग गर्न आव्हान गर्नुभयो । उहाँले तालिम तथा प्रशिक्षण कार्यक्रमहरु शैक्षिक, व्यक्तित्व विकासमा आवश्यक रहेको बताउनुभयो ।

उक्त समापन कार्यक्रममा स्वतन्त्र विद्मार्थी युनियनद्धारा प्रकाशित धवलागिरी बहुमुखी क्याम्पसको शैक्षिक क्यालेन्डर लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा.सरोज कोइराला, धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय, त्रिभुवन विश्वविद्मालयका प्रा.डा. कमला दाहाल, त्रि.वि प्राध्यापक संघका सभापति भक्तिराम न्यौपाने, त्रि.वि कर्मचारी संघका एकाइ सभापति शिवराज पन्त, धवलागिरी बहुमुखी क्याम्पसका स्ववियु सभापति सुदिपसागर कंडेल, सहभागीको तर्फबाट श्याम प्रसाद शर्मा, कृष्ण बहादुर बोहोरा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम धवलागिरी बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा दिनबहादुर थापाको अध्यक्षता, क्याम्पस सहायक प्रमुख हिरालाल रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा बागलुङ जिल्लाका ४० जना प्राध्यापकहरुको सहभागिता रहेको धवलागिरी बहुमुखी क्याम्पसका सह–प्राध्यापक डा.डिल्लीराज गौतमले जानकारी दिनुभयो ।

तालिममा त्रिवि दुर शिक्षा केन्द्रका उप–निर्देशक अशोक सापकोटा, अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागका पुर्व निर्देशक प्रा.डा खड्ग के.सी, प्रोभेसर डा.बासुदेव काफ्ले, मानवशास्त्र केन्द्रिय विभागका सह प्रा.डा मनबहादुर खत्री, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा.सरोज कोइराला, धवलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक डा. दिनबहादुर थापा, सह–प्राध्यापक डा.सुदर्शन सिलवाल, डा.डिल्लीराज गौतम, डा. प्रकाश प्रसाद सापकोटाले विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *