स्थापना दिवसको अवसरमा फरक क्षमता भएका बालबालिकालाई पोषाक

आदर्श अनलाइन, म्याग्दी

नेपाल कम्युनिष्ट पार्टी(एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसको अवसर फरक क्षमता भएका विद्यार्थीहरुलाई विद्यालय पोषाक वितरण गरेको छ ।

युवा संघ म्याग्दीका अध्यक्ष विजय घर्तीको अगुवाइमा बेनी नगरपालिका–५, चुत्रेनीमा रहेको बौद्धिक अपाङ्गता श्रोत कक्षामा अध्ययनरत १९ जना विद्यार्थीहरुलाई विद्यालय पोषाक वितरण गरिएको हो । त्यसैगरी विद्यालयका विद्यार्थीहरुको प्रयोगका लागि तीन वटा फुलबल, दुई वटा भलिबल र पम्प समेत हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपाल म्याग्दीका सचिव सुसन किसानले बताउनुभयो ।

राष्ट्रिय युवा संघको ३४ औं स्थापना दिवसको असवर पारेर आयोजना गरीएको पोषाक तथा खेलकुद सामग्री वितरण कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले युवाहरु सकारात्मक कार्य गर्ने जनशक्ति भएकाले सँधै सवल र देश निर्माणका मार्गमा लाग्दै आएको बताउनुभयो । उहाँले युवा संघले आगामी दिनमापनि भरलाग्दो र रहरलाग्दो काम गर्ने अपेक्षा लिएको बताउनुभयो ।

नेकपा एमाले म्याग्दीका उपाध्यक्ष एवम् राष्ट्रिय युवा संघका पूर्व केन्द्रीय सचिवालय सदस्य बालकृष्ण सुवेदीले युवाहरु समाजको खम्बा भएको बताउनुभयो । उहाँले भन्नुभयो जनताको सुरक्षा र भरोसा युवा हुने भएकाले जनताको भरोशालाई डगमगाउन दिन नहुने बताउनुभयो ।

सुवेदीले युवाहरुले चालेको कदम र आन्दोलनको जगमा नै नेपालको परिवर्तन सम्भव भएकोले हरेक परिवर्तनको नेतृत्व गर्नका लागि राष्ट्रिय युवा संघ लाग्नु पर्ने धारणा राख्नु भएको थियो । युवाहरुले गर्ने सकारात्मक कार्यको गतिलो उदाहरण आज बौद्धिक आपाङ्गता भएका बालबालिकालाई पोषाक तथा खेलकुद सामग्री वितरण पनि हो भन्दै उहाँले यस्तै सामाजिक कार्यमा युवाहरु लाग्नु पर्ने बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल म्याग्दीका अध्यक्ष बिजय घर्ती मगरले सकारात्मक कार्यका लागि सँधै युवा संघ लागि रहने बताउनुभयो । उहाँले भन्नुभयो समाजले युवा संघको कार्यको प्रसंसा गरोस भन्ने चाहना होइन तर हामी गलतको बिरोध र सहिको समर्थन् गर्नेछौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *