धौलागिरी अस्पतालका एम्बुलेन्स चालक रात परे फोन उठाउँदैनन्

आदर्श अनलाइन, बागलुङ
पाँच महिना अगाडीसम्म बागलुङमा एम्बुलेन्स नहुँदा गम्भिर प्रकृतिका विरामीले समयमै अस्पताल पुग्न नसक्दा उपचार हुन नसकेको गुनासो आउथ्यो ।

०७९ मंसिरमा बागलुङ नगरपालिकाको ३२ लाख २ हजार, प्रवासमा रहेका नेपालीको २८ लाख ५० हजार आर्थिक सहयोगमा धौलागिरी अस्पताल बागलुङले ५९ लाख ८० हजार रुपैयाँमा सुविधा सम्पन्न एम्बुलेन्स खरिद ग¥यो ।

एम्बुलेन्स भित्रै उपचार गर्न सकिने धौलागिरी अस्पताल बागलुङको एम्बुलेन्स र सामान्य विरामीलाई अस्पताल पु¥याउँन सकिने नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको गरि २ वटा एम्बुलेन्स भएपछि अस्तालले रिफर गरेका विरामीलाई सस्तोमा छिटो स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन सकिने विश्वास गरिएको थियो ।

तर, अस्पताल परिसरमै एम्बुलेन्स भएपनि गम्भिर प्रकृतिका विरामीले समेत समयमै एम्बुलेन्स सेवा उपभोग गर्न नपाएको गुनासो गर्दै आएका छन् । अस्पतालले पोखरा रिफर गरेका विरामीलाई अस्पतालकै एम्बुलेन्स चालक खोज्न घण्टौ लाग्ने गरेको यहाँका स्थानीयको गुनासो छ ।

उच्च रक्तचापको कारण बेहोस भएका सिन्धुलीका ४४ वर्षीय चिनीलामा दोङलाई सोमबार राती ९ बजे उपचारको लागि साथीहरुले अस्पताल पु¥याएका थिए । दोङको उपचारमा खटिएका स्वास्थ्यकर्मीको टोलीले टाउँकोमा रगत जमेको र देब्रे हात खुट्टा नचलेको भन्दै १० बजे पोखरा रिफर गरिदिए । तर, अस्पतालका एम्बुलेन्स चालक मध्यरातको साढे १२ बजेसम्म सम्पर्कमा नआएको विरामी कुरुवा राजेश बयलकोटीले बताउनुभयो ।

‘मजदुर मान्छे, निजी गाडी खोज्नलाई साथमा पैसा छैन्, अस्पतालका एम्बुलेन्स चालकले घण्टौसम्म पटक–पटक फोन गर्दा पनि उठाउनु भएन,’ बयलकोटीले भन्नुभयो, ‘रेडक्रसको एम्बुलेन्स चालकले फोन उठाएर अस्पताल त आउनुभयो तर, तेल एम्बुलेन्समा तेल छैन् भन्नुभयो ।’

चालकले फोन नउठाएपछि कोठामै पुगेर उठाएको भन्दै रातको १ बजेमात्र पोखरा हिडेका बयलकोटी ३ बजे राती गण्डकी अस्पताल पुगेको बताउनुहुन्छ ।

दैनिक ३ साय भन्दा बढी विरामीको स्वास्थ्य परिक्षण, दर्जन भन्दा बढी शल्यक्रिया र औषतमा १० जनासम्म विरामी रिफर हुने अस्पतालको एम्बुलेन्स चालकले प्रायः रातको समयमा फोन नउठाउने, उठाए पनि बाहना बनाउने गरेको स्थानीयको गुनसो छ ।

चालकले समयमा फोन नउठाएको गुनासो आएपछि सोमबार अस्पताल प्रशासनमा बोलाएर सोधपुछ गरिएको अस्पतालका सूचना अधिकारी शान्ति भण्डारी बताउनुहुन्छ । ‘स्वास्थ्यकर्मीबाटै गुनासो आएपछि पहिलो पटक उहाँलाई सोधपुछ गरेका छौं,’ भण्डारीले भन्नुभयो ‘बालबच्चाले फोन चलाएर साइलेन्स बनाईदिएछन् भन्दै माफ मागेपछि पहिलो पटकलाई सम्झाईएको छ, आगामी दिनमा पनि गुनासो आएमा कार्वाही पक्रिया अगाडी बढाइनेछ ।’

नेपाल रेडक्रस सोसाइटी बागलुङद्वारा सञ्चालित एम्बुलेन्स चालक नसिब दिनले साझ ६ बजे बागलुङबाट पोखरा विरामी पु¥याएर १० बजेमात्र फर्किएको भन्दै एम्बुलेन्समा पर्याप्त तेल नभएको कारण तेल खोजिदिए विरामी लिएर जाने बताएको बताउनु हुन्छ । ‘मलाई रातको १२ बजे फोन आएको थियो, अस्पताल पुगेर विरामी र अस्पतालका कर्मचारीलाई तेल छैन् व्यवस्थापन गरिदिए विरामी लिएर जान्छु भनेको हुँ,’ नसिब दिन भन्नुहुन्छ ‘रात दिन भनेको छैन् हिजोमात्र समस्या भयो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *