सहकारीको प्रवर्धनका लागि पालिकाले योजना ल्याउछाैँ : उपाध्यक्ष आचार्य

आदर्श अनलाइन, पर्वत
जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले पालिका भित्रका सहकारीहरुको प्रवद्र्धनका लागि आगामी नीति तथा कार्यक्रम मार्फत पालिकाले योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

राष्ट्रिय सहकारी बैंकले स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहकारीका क्षेत्रमा काम गर्नका लागि पेश गरेको सुझाव बुझ्दै गाउँ पालिका उपाध्यक्ष आचार्यले यस्तो बताउनु भएको हो ।

स्थानीय तहले सहकारीको विकासका लागि धेरै गर्नु पर्ने काम छन्, सहकारीको विकासले पालिकाको समृद्धिमा योगदान गर्ने भएकाले सरोकारवालाहरुसंग समन्वय गरेर सहकारीको प्रवद्र्धनका लागि योजना ल्याउने आचार्यको भनाइ थियो ।

सहकारीले आर्थिक अवस्था कमजोर भएका जनतालाई सानो तिनो व्यवसाय सञ्चालनमा सहयोग गरेर उनीहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सहयोग पु¥याएको भन्दै उहाँले सहकारीमा आउन सक्ने समस्या समाधानमा समेत अभियानसंग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले बैंकले प्रस्तुत गरेका सुझावहरुको बारेमा जानकारी गराउदै गाउँपालिका भित्रका सहकारीहरुको प्रवद्र्धनका लागि समन्वय गरेर काम गर्नका लागि आव्हान गर्नु भएको थियो ।

जिल्ला सहकारी संघ लिमिटेड पर्वतका उपाध्यक्ष लाल बहादुर अधिकारीले सहकारीमार्फत गरिवी निवारणमा योगदान बढाउनका लागि सहकारीको संस्थागत विकास र सुशासन कायम गराउन पालिकाले समन्वयकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

बैंकका तर्फबाट प्रस्तुत गरिएको सुझावहरु बैकका सञ्चालक जिसी, जिल्ला सहकारी संघ पर्वतका उपाध्यक्ष लाल बहादुर अधिकारी, सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले गाउँपालिकाका उपाध्यक्ष आचार्यलाई हस्तान्तण गर्नु भएको थियो ।

बैंकले सहकारीको नियमन, प्रवद्र्धन र विकाससंगै बैंकसंगको सहकार्यका लागि १४ बुदे सुझाव पत्र पालिकाहरुलाई बुझाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *