भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै बागलुङमा प्रदर्शन

आदर्श अनलाइन, बागलङ

बागलुङमा मंगलबार भ्रष्टाचार विरुद्ध प्रर्दशन गरिएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कामदेखि अन्य भ्रष्टाचारका मुद्दाका दोषीलाई कारबाहीको माग गर्दै बागलुङमा स्वतूर्फत रुपमा प्रदर्शन गरिएको छ ।

भ्रष्टाचारविरुद्ध संयुक्त नागरिक अभियान, राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक अभियन्ता, विद्यार्थी संगठनका नेता किसान र मजदुरले प्रदर्शन गरेका हुन् ।

No description available.

भन्नेछौ हामी बारम्बार भष्ट्राचारीलाई कारागार, भष्ट्र नेता चाहान्नौ लेखेका प्ले कार्ड सहित बागलुङ बजार परिकर्मा गर्दै बाघ चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा मंगलबार एक घण्टा धर्नासमेत दिए । साथै भ्रष्टाचारका दोषीलाइ कारबाही माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

No description available.

उनीहरुले नक्कली भुटानी शरणार्थी मुद्दादेखि सबैखाले मुद्दाका फाईल खोलिन आवश्यक रहेको बताएका छन् । भष्ट्राचार विरुद्धको प्रर्दशन अभियानका अगुवा संगम केसीले गर्नुभएको थियो ।

सामाजिक संजालबाट आह्वान गरिएको प्रदर्शनमा स्वस्फूर्त नागरिकहरु उपस्थित भएका थिए । कोण सभामा बोल्दै संगम केसीले भष्ट्राचार विरुद्ध सडकमा उत्रिन सबैलाई आग्रह गर्नुभयो ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *