कालाबजारी विरुद्ध उत्रिदै नगरपालिका

आदर्श अनलाईन, बागलुङ

औपचारिक रुपमा अनुगमनले उपभोक्त हित संरक्षण हुन नसकेको भन्दै बागलुङ नगरपालिकाले अनुगमनलाई कडाई गर्ने भएको छ । नगरपालिकाले बागलुङमा उपभोक्ता र विक्रेतालाई सचेतना कार्यक्रम संचालन गर्दै कालाबजारी गर्नेलाई तत्काली कारबाही अगाढी बढाउने गरी नगरपालिका अगाढी बढ्ने भएको हो ।

मंगलबार बागलुङ नगरपालिकाको आयोजना जिल्ला प्रशासन, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता मञ्च र उद्योग वाणिज्य संघको समन्वयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । नगरपालिकाले सचेत बनाउदै आगमी दिनमा उपभोक्ता ठगिएको गुनासो आए तत्कालै काबारहीगर्ने चेतावनी समेत दिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नगर क्षेत्रलाई गुणस्तरीय व्यवसायी र चेतामुलक उपभोक्ता बनाउने अभियान थालिएको बताउनुभयो । श्रेष्ठले व्यवसायीलाई आफ्नो व्यवसाय दर्ता गरेर मात्र संचालन गर्नका निम्ती आग्रह गर्नुभयो ।

No description available.

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जिम्मेवार उपभोक्ता र जवाफदेही बिक्रेता बन्न सकेमा बजारमा देखिने समस्या धेरै हदसम्म रोकिने बताउनुभयो । कार्यक्रममा सहायक प्रजिअ चित्राङगत बरालले उपभोक्ता हित संरक्षण, नियमन तथा अनुगमन र कार्वाहीको विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठ, उपभोक्ता मंचका केन्द्रीय सदस्य रामबहादुर केसी, प्रहरी उपरिक्षक योगेन्द्रकुमार श्रेष्ठ लगायतले बजारमा देखिने अव्यवस्था, उपभोक्ता शिक्षामा भएको कमजोरी तथा कारवाही प्रकृया बारे जानकारी दिएका थिए ।

No description available.

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षता, नगरपालिकाका प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *