पूँजीवादी कम्युनिष्टको ध्येयले सहकारीता अंगालेका हुन् : थापा


आदर्श अनलाइन, म्याग्दी

विश्वका सफल मानिएका मुलुकहरुले कम्युनिष्ट पार्टीले शुरु गरेको सहकारीतालाई अंगालेर आफू र आफ्नो मुलुकको समेत उन्नती गरेको नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्र थापाले बताउनुभएको छ ।

नेकपा एमाले म्याग्दीको पार्टी कार्यालयमा आयोजना भएको ३० औं मदनआश्रित स्मृती दिवसको अवसरमा बोल्दै थापाले सहकारी अभियान कम्युनिष्टहरुले थालनी गरेको भए पनि समग्र विश्वको अर्थतन्त्रको विकास र जनताको जीवनस्तर उकास्ने मजबुत कडी भएको बताउनुभयो । उहाँले पुँजीबादीहरुले कम्युनिष्टको राम्रो र प्रभावशाली बिचार तथा जनताको जीवनस्तर परिवर्तन गर्ने माध्यम सहकारीतालाई अंगालेर सबैको शाझा बनाए भने कम्युनिष्ट किन बहुदलीय व्यवस्थामा जान हुँदैन ?

भन्ने बिचार सहित मदन भण्डारीले आफ्नो बिचार प्रतिपादन गर्नुभएको बताउनुभयो । उहाँले उमेर भन्दा पनि बिचार अनि आत्मविश्वासमा सबल भण्डारीले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा एक कार्यकाल बिताउदा साथ सबैलाई समेटेर महासचिव बन्नुभएको उहाँको तर्क थियो । आफ्नो बिचारमा अडिग र कटिबद्ध भण्डारीले सबैको बिचार सुन्दै समेटेर अगाडी बढ्न सक्ने क्षमता राख्ने नेता भएको औंल्याउनुभयो ।

२०५० जेठ ३ गते रहस्यमय तबरले गरिएको नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको हत्याले नेपाललाई ठूलो क्षति भएको नेकपा एमालेका गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले बताउनुभयो । मदनआश्रित महान बिचारक साथै कुशल संगठकलाई पार्टीले गुमाएको पल सम्झनु पर्छ तर त्यो अभाव पुरा गर्न कयौं समय लाग्ने श्रेष्ठको तर्क थियो । मदन भण्डारीको भाषण र उहाँको बोल्ने कलाकै कारण नेपालमा लाखौं कम्युनिष्टहरु जन्मेको उहाँले भन्नुभयो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीले एमाले र कम्युनिष्टको जग बसाल्ने भण्डारीको प्रसंसा जति गरे पनि कम हुने बताउनुभयो । भण्डारीले पुरानो राज्यसत्तालाई च्युत गर्नका लागि बहुदलीय व्यवस्थालाई अंगाल्ने कार्य विश्व कम्युनिष्ट इतिहासमै नयाँ र नौलो प्रयोग भएको उहाँले बताउनुभयो ।

नेकपा एमालेका सचिव सुरत केसीको सञ्चालनमा भएको ३० औं मदानआश्रित दिवसको कार्यक्रममा उपाध्यक्ष बालकृष्ण सुवेदीले स्वागत गर्नु भएको थियो भने प्राध्यापक संघका पूर्व केन्द्रीय सदस्य तारानाथ शर्माले मन्तव्य राख्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *