चट्याङ लागेर म्याग्दीमा महिलाको मृत्यु

आदर्श अनलाइन, म्याग्दी
बुधबार साँझ वर्षासंगै परेको चट्याङ लागेर म्याग्दीको मंगला गउँपालिका–३ मा एक जना महिलाको मृत्यु भएको छ ।

मंगला गाउँपालिका–३ घाम्ताङमा ६० वर्षीय जगदेवी कामीको चट्याङ् लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो । छोरीको घरमा आएकी कामीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

मृतकको सब पोष्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सूचना अधिकारी किरण लामाले बताउनुभयो ।

घटनाको जानकारी पाउँदासाथ इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक पन्तको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घटनास्थल मुचुल्का बनाएर सवलाइ बेनी अस्पतालमा पठाएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *