रेश साना किसान सहकारीको वित्तीय साक्षरता तालिम सम्पन्न

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिका वडा नं. ७ रेश वडा कार्यालयको समन्वय तथा रेश साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा संस्थाका शेयर सदस्यहरुका लागि सञ्चालित २ दिने वित्तीय साक्षरता तालिम बिहीवार सम्पन्न भएको छ ।

सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई आयआर्जन बढाउने, आयआर्जन भएको रकमलाई आफ्नो जीवनयापनमा प्रभावकारी परिचालनका लागि सहयोग पु¥याउने उद्देश्यका साथ तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष उजेली शर्माले जानकारी दिनुभयो ।

तालिम समापनका अवसरमा बोल्दै वडा अध्यक्ष प्रेम लामिछानेले स्थानीय उत्पादनको वृद्धि गरी जीवन यापनमा त्यसको अधिकतम प्रयोगसंगै विक्री वितरणका लागि समेत ध्यान दिनु पर्नेा जोड दिनुभयो ।

सहकारीका सदस्यहरुले उत्पादन बढाउने, संस्थाले संकलन र बजारीकरणका लागि व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा वडा सदस्य हरिकला सुनार, वडा सचिव रिता जिसी कुवर, सहभागीका तर्फबाट कमला गौतम लगायतले तालिमको प्रभावकारिताका बारेमा बोल्नु भएको थियो ।

तालिममा वित्तीय साक्षरता, सहकारीमा सदस्यको भूमिका, वचत अभियान र दिर्घकालिन वचतको महत्व लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।

समापन कार्यक्रम संस्थाका अध्यक्ष उजेली शर्माको अध्यक्षता र लेखा सदस्य धनमाया थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *