भिरबाट लडेर एक जना घाइते

आदर्श अनलाइन बागलुङ
बागलुङमा भिरबाट लडेर एक जना घाइते भएका छन् । बागलुङ नगरपालिका–९ तित्याङमा भिरबाट लडेर उदयपुरको गाईघाट–२ का ३० वर्षीय वीरेन्द्र सरदार घाइते हुनु भएको हो ।

बिहीबार साँझ ६ बजे तित्याङ पुल नजिकैको भिरबाट खसेर सरदार काठेखोला पुग्नु भएको थियो । उहाँ करिब साढे एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । अर्का २६ वर्षीय पञ्चलनल सरदारलाई भिरमा अड्केको अवस्थाबाट उद्धार गरिएको हो ।

घाइते सरदारलाई उद्धार गरि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *