मंगलामा पशु स्वास्थ्य शिविर

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको मंगला गाउँपालिका– ३ र ४ का कृषकहरुलाई लक्षित गरि बरंजाको आर्बाङ्गमा पशु स्वास्थ्य तथा बाँझोपन शिविर सम्पन्न भएको छ । शिविरमा ६६ कृषकका दुई सय सात पशुपंक्षीको उपचार गरिएको थियो ।

पशुमा हुने बाँझोपन तथा अन्य रोगहरुको परीक्षण गर्नुका साथै पशु चौपायाको बन्ध्याकरण गर्ने कामसमेत भएको मंगला गाउँपालिकाका पशु शाखा प्रमुख विराजकुमार ठाकुरले बताउनुभयो । उहाँका अनुसार कुखुरा, बाख्रा, कुकुर, गाइ, भैसी गोरु लगायतको उपचार शिबिरबाट गरिएको थियो ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले कृषकलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि गाउँमै आएर शिविर गरीएको बताउनुभयो । उहाँलले कृषकहरुलाई पायक पर्ने स्थानमा सेवा दिने उद्देश्यले बरंजामा शिविर आयोजना गरीएको उहाँको भनाई थियो । मंगलाको ३ र ४ नम्बर वडाका कृषकहरुलाई पायक पर्ने भएकाले बरंजामा शिविर आयोजना गरिएको बताउँदै शुक्रबार मंगलाका १, २ र ५ नम्बर वडाका कृषकहरुका लागि बाबियाचौरमा शिविर आयोजना गरिएको बताउनुभयो ।

मंगला गाउँपालिकाकी उपाध्यक्ष पेमाकुमारी क्षेत्रीले कृषकहरुले आफ्नो समस्या खुलेर राखेमा गाउँपालिकाले समाधानका लागि प्रयास गर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा मंगला गाउँपालिका ३ का अध्यक्ष यामबहादुर रोका, ४ का अध्यक्ष लालबहादलुर रोका, ३ का वडा सदस्य कुलबहादुर थापा, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सक लक्ष्मीप्रसाद पौडेललगायतको उपश्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *