सुन्तला व्यवस्थापन सम्बन्धी तालिम शुरु


आदर्श अनलाइन, म्याग्दी

पश्चिम म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्याक्रम अन्तरगत चार दिने सुन्तला खेती सम्बन्धी तालिम शुरु भएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) को अािर्थक वर्ष २०७९÷०८० को प्राविधिक सिप विकास तालिम अन्तर्गत आयोजित चार दिने सुन्तला खेती तालिममा बरंजा क्षेत्रका १६ जना कृषकहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन् गर्दै मंगला गाउँपालिका–३ का अध्यक्ष यामबहादुर रोकाले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले तालिम लिने मात्रै नभएर गरिबी निवारणका लागि कोशेढुंगा हुनेगरी आफ्नो बगैचामा त्यो सिपलाई उतार्न आग्रह गर्नुभएको थियो ।

मंगला गाउापालिकाका कृषि शाखाका तारा बानियाँले तालिमको सहजी करण गर्नुभएको छ । उद्घाटन कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता सबिना घर्तिले गर्नुभएको थियो भने वडा सदस्य कुलबहादुर थापा मगर, पत्रकार अमृत बास्कुनेलगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *