बाबियाचौरमा पशु स्वास्थ्य शिविर


आदर्श अनलाइन, म्याग्दी

मंगला गाउँपालिका– १, २ र ५ नम्बर वडाका कृषकहरुलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र बाबिायचौरमा पशु स्वास्थ्य तथा बाँझोपन शिविर सम्पन्न भएको छ ।

शिविरको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले ग्रामिण भेकका जनताको चेतना अविबृद्धि गर्ने तर्फ गाउँपालिका सचेत रहेको बताउनुभयो । हरेक क्षेत्रमा चेतनाको बृद्धि गरेको खण्डमा सजिलो हुने भएकाले नै गाउँपालिकाले चेतनामुलक कार्यक्रम तथा शिविरहरु आयोजना गर्ने गरेको उहाँको भनाई थियो ।

मंगला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर खातीले ग्रामिण भेकमा सूचना प्रवाहमा प्रभावकारीता हुनु पर्ने बताउनुभयो । उहाँले समयको तालमेल मिलाएर अगाडी बढ्नु पर्ने बताउँदै सूचना प्रवाहलाई पनि प्रभावकारी बनाउँदै कार्यक्रमहरु आयोजना गर्दा प्रभावकारी हुने उहाँको भनाई थियो । सदरमुकाम केन्द्रीत रहने विषयगत कार्यालयहरुले स्थानीतह समेट्न नसकेको भन्दै उहाँले सबैजसो कार्यालयहरुले स्थानीय जनताको आवश्यकताको सम्बोधन गर्न सक्नु पर्ने औंल्याउनुभयो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सक लक्ष्मीप्रसाद पौडेलले पशु पंक्षिको स्वास्थ्योपचार उचित तबरले गर्न सके मात्रै राम्रो लाभ लिन सक्ने बताउनुभयो । सामान्य कुराहरुमा हामीले ध्यान पु¥याउन नसक्दा पशुधनकै क्षति हुन सक्ने भएकोले त्यस तर्फ सचेत रहँदै अगाडी बढ्नु पर्ने उहाँको भनाई थियो ।

शिविरमा पशुमा हुने बाँझोपन तथा अन्य रोगहरुको परीक्षण गर्नुका साथै पशु चौपायाको बन्ध्याकरण गर्ने काम समेत भएको मंगला गाउँपालिकाका पशु शाखा प्रमुख विराजकुमार ठाकुरले बताउनुभयो । उहाँका अनुसार कुखुरा, बाख्रा, कुकुर, भैसी गोरु लगायतको उपचार शिबिरबाट गरिएको थियो ।

मंगला गाउँपालिकाका उपाध्यक्ष पेमाकुमारी क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत शिवकुमार पौडेललगायतले कार्यक्रमा उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *