सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर बढाउन जरुरी छ–खड्का

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर बढाउनु पर्ने बताउनु भएको छ । शुक्रबार सरस्वती प्राथमिक विद्यालय बागलुङ नगरपालिका–७ छ छरिखोलाका विद्यार्थीलाई खेलकुद पोसाक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक संरचनामा केही वर्ष यता सुधार हुँदै गएको बताउनुभयो ।

उहाँले पछिल्लो बालबालिकाको पढाईका लागि गाउँ छोडेर बजार झर्ने बढेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको भन्दै अब गाउँका विद्यालयले शैक्षिक गुणस्तर बढाए बजार झर्ने प्रवृत्ति रोक्नु पर्ने बताउनुभयो । पूर्व राज्यमन्त्रीसमेत रहनु भएकी खड्काले अब शिक्षालाई प्रबिधिसँग जोड्न नसके दक्ष जनशक्ति उत्पादन गर्न नसकिने बताउनुहुन्छ ।

कार्यक्रममा बागलुङ गैरागाउँ–काठमाडौँ विश्वकर्मा समाजले यस विद्यालयका ५३ जना विद्यार्थीलाई एक÷एक सेट खेलकुद पोसाक, जुत्ता लगायतका सामग्री हस्तान्तरण गरेको छ । सामाजिक कार्यमा सक्रिय हुँदै आएको समाजले जेष्ठ नागरिकलाई सम्मानसमेत गरेको छ । साही अवसरमा गरिब तथा विपन्न परिवारलाई खाद्यान्नसमेत वितरण गरेको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रेशम नेपालीले विद्यार्थीको वर्तमान शैक्षिक अवस्था लगायतका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले प्रबिधिमैत्री वातावरणमा पढनपाठन गर्न थालिएको बताउनुभयो । नेपालीले अहिलेको युग ‘डिजिटल युग’ भएको हुँदा माथिल्लो कक्षाका विद्यार्थीलाई प्रोजेक्टरमार्फत शिक्षण गराउन थालिएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति चिरञ्जीवि गौतम, बागलुङ नगरपालिका–७ का वडा अध्यक्ष मेघनाथ शर्मा, बागलुङ गैरागाउँ–काठमाडौँ विश्वकर्मा समाजका अध्यक्ष नारायण विश्वकर्मा महासचिव राम विश्वकर्मा, विश्वकर्मा माविका सहायक प्रधानाध्यापक हरिराम पाण्डे,सरस्वती प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर क्षेत्री (नारायण)को अध्यक्षता विद्यालयका शिक्षक गीतादेवी सापकाटाको स्वागत र शिक्षक केशवप्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *