जनताको मायालाई शिरमा राखेर काम गर्छु : नव नियुक्त मन्त्री थापा

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले समग्र बागलुङको विकासका लागि आफूले इमान्दार पूर्वक प्रयास गर्ने बताउनुभएको छ ।

नवनियुक्त मन्त्री थापाले जन्मगाउँ रायडाँडामा शुक्रबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै रायडाँडाबासीको मायाकै कारण अहिले बागलुङ नगरपालिकाको सबैभन्दा दुर्गम गाउँबाट गण्डकी प्रदेशको मन्त्रीपरिषद्मा प्रतिनिधित्व गरेको बताउनुभयो ।

“पर्यटन क्षेत्रको विकासबाटै समृद्ध गण्डकी प्रदेश बन्ने छ, हामीले प्रचार प्रसार संगै पूर्वाधारमा जोड दिएका छौं, बागलुङ जिल्लाका धेरै पर्यटकीय स्थानहरुमा पूर्वाधारको खाँचो देखिएको छ, गण्डकी प्रदेश सरकारले क्रमश पर्यटकीय स्थलमा लगानी बढाउनेछ,” मन्त्री थापाले भन्नुभयो “विकास निर्माण देखि शुसासनका पक्षमा उभिनेछु, मन्त्री बनाउनका लागि प्रदेशसभामा पठाउने बागलुङबासीलाई धन्यवाद दिन चाहान्छु ।” बागलुङे जनताको मायालाई शिरमा राखेर काम गर्ने मन्त्री थापाले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

नवनियुक्त मन्त्री थापा पदभार ग्रहण गरेको तीन दिनमै आफ्नो गृह गाउँ रायडाँडामा मतदातालाई धन्यवाद दिन पुग्नुभएको थियो । बागलुङको रायडाँडामा जन्मनुभएका मन्त्री थापा २०४९ सालमा रायडाँडा गाविकासको अध्यक्ष देखि नेपाली कांग्रेसपार्टीको जिल्ला सभापती हुँदै गण्डकी प्रदेश सरकारको मन्त्री हुन सफल हुनुभएकोमा स्थानीयहरुले खुसी व्यक्त गर्दै स्वागत तथा सम्मान गरेको थिए ।

रायडाँडाजस्तो दुर्गम स्थानबाट गण्डकी प्रदेश सरकारको मन्त्रीमा नियुक्त हुनुभएकोमा रायडाँडा बासीहरुले भव्यरुपमा आज स्वागत तथा सम्मान गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *