सहकारीमा नियमित बचतलाई प्राथमिकता दिऔँ : जि.सी.


आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जि.सी.ले बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको दिगोपनाका लागि नियमित बचतलाई प्राथमिकता दिन आग्रह गर्नु भएको छ ।

बैंकका गण्डकी प्रदेशका संयोजक समेत रहेका जिसीले महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङद्वारा कुश्मामा आयोजना गरेको एक दिने क्षमता अभिवृद्धि कार्यक्रममा सहजीकरण गर्दै यस्तो बताउनु भएको हो ।

सदस्यहरुलाई आयआर्जन वृद्धि गर्ने तरिका सिकाउनुका साथै खर्च कटौती गरी दिर्घकालिन बचतमा सहभागी हुन प्रेरित गर्नु पर्नेमा जोड दिदैं जिसीले वचतलाई सदस्यहरुका बीचमा नियमित गर्न सक्दा मात्रै संस्थालाई दिगो बनाउन सकिने बताउनुभयो ।

सदस्यहरुले सहकारीमा राख्ने एउटा वचतलाई स्थिर सम्पत्ती बचतका रुपमा सञ्चालन गर्न सकिने बारेमा चर्चा गर्दै उहाँले जग्गा जमिन जस्तै पैसालाई स्थिर सम्पत्ती बनाउन सकिने बताउनुभयो ।

महिला हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिलादेवी खड्काले सदस्यहरुलाई स्थिर सम्पत्ती बचतका बारेमा सचेतना प्रदान गरी आगामी आर्थिक वर्षबाट अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

सहकारीमा सदस्यहरुको सक्रियताका लागि महिला हित सहकारीले नियमित सहकारी शिक्षा तथा सचेतना लगायत संस्थालाई दिगो बनाउन सहयोग पुग्ने अभियान सञ्चालन गर्दै आएको खड्काले बताउनुभयो । उहाँले सहकारीले सदस्यबाट बचतका रुपमा संकलन गरेको रकमलाई सदस्यहरुमै लगानी गर्नु पर्नेमा जोड दिनभयो ।

तालिममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, उपसमिति र कर्मचारीहरुको काम कर्तव्य र अधिकारका साथै संस्थाको दिगोपनाका लागि वचत परिचालन लगायतका विषयमा बैंकका सञ्चालक जिसीले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा सञ्चालक समिति, सल्लाहकार, उपसमितिका सदस्य र कर्मचारी सहित १८ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष लिलादेवी खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी जिसी केसीको स्वागत र सचिव सावित्री केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक हजार ३ सय जना शेयर सदस्य रहेको महिला हित वचत तथा ऋण सहकारी संस्थामा ३ करोड शेयर रकम, १० करोड वचत र १० करोड ऋण लगानी रहेको संस्थाका प्रवन्धक चन्द्रा कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

सहकारीमा नियमित बचतलाई प्राथमिकता दिऔँ : जि.सी.

  1. Statik proje, konusunda tecrübeli İnşaat Mühendisi tarafından yapılmalıdır. Bir yapının haddinden fazla çelik kullanılarak yapılması pahalı bir imalattır ve bu yatırımcı için gereksiz bir külfettir. Merter Mühendislik olarak gayet profesyonel bir şekilde hizmet alabilirsiniz.

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *