सूचनाको हकका लागि राष्ट्रिय सञ्जालको संयोजकमा पौडेल

आदर्श अनलाईन, बागलुङ ।
बागलुङ÷सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालको प्रथम जिल्ला भेला मंगलबार बागलुङमा सम्पन्न भएको छ ।भेलाले सुशिल पौडेलको संयोजकत्वमा १५ सदस्यीय जिल्ला सञ्जाल गठन गरेको छ । सञ्जालको सह–संयोजकमा साधना पन्त, सचिवमा विजय राना रहनुभएको छ ।

यस्तै सदस्यहरुमा बागलुङ नगरपालिकाबाट खेमराज गौतम (सुवास), ढोरपाटन नगरपालिका बाट रामनारायण सुवेदी, जैमिनी नगरपालिकाबाट सन्ध्या आचार्य, गलकोट नगरपालिकाबाट थम्मन थापा, काठेखोला गाउँपालिकाबाट सुमित्रा केसी, बडिगाड गाउँपालिकाबाट कमल पौडेल, निसीखोला गाउँपालिकाबाट घनश्याम कंडेल, बरेङ गाउँपालिकाबाट प्रकाश छन्त्याल, तारानाथ आर्चाय, अमृता जिसी, र सन्दिप पौडेल चयन हुनभएको छ । उक्त सञ्जालले जिल्लाका सुचनाको हकको कार्यान्वयनका लागि पहल गर्ने सञ्जालका संयोजक सुसिल पौडेले बताउनुभयो ।

जिल्ला भेलालाई सम्बोधन गदै जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले नागारीकले आफुले पाउनुपर्ने सुचनाको हक थाहा नपाएको अवस्था रहेको हुदाँ नब गठीत सञ्जालले बागलुङमा सरोकार वाला निकायलाई सुचनाको हक कर्यान्वयनमा ल्याउन सहज भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा सुचनाको हकका लागि राष्ट्रिय सञ्जाल गण्डकी प्रदेशका संयोजक दिपक आर्चाय, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, प्रहरी निरीक्षक दिपक रिजालले आफ्नो मन्तव्या व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सुचनाको हकका लागि राष्ट्रिय सञ्जालका अभियान्ता सुशिल पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तारानाथ आर्चायले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *