गण्डकी सरकारले वन ऐन ल्याउँदैछ : मन्त्री थापा

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले वन ऐन ल्याउने तयारीमा गण्डकी प्रदेश सरकार जुटेको बताउनुभयो ।

सोमबार जिल्लाको जैमिनी नगरपालिकाको निर्वाचित जनप्रतिनिधिहरुको एक वर्ष पुरा भएको अवसरमा उपलव्धी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले आफ्नो कार्यभार समालेको पहिलो निर्णय भनेको वन ऐन ल्याउने रहेको बताउदै वन ऐन ल्याउनका लागि कार्यदल बनाएको बताउनुभयो ।

“वन ऐन नहुँदा समस्या छ, वनको स्रोत खेर जाने अवस्था छ, वन ऐन ल्याउने तयारीमा गण्डकी प्रदेश सरकार जुटेको छ” मन्त्री थापाले भन्नुभयो “वनमा उत्पादित काठ खेर जाने तर आयातित सामाग्रीको प्रयोगले समृद्धि आउदैन, वनमा खेर गएको स्रोत सदुपयोग गर्न सके आम्दानी बढ्छ, रोजगारी सृजना हुन्छ ।”

थापाले वनलाई आय–आर्जनसंग जोड्नका लागि गण्डकी प्रदेश सरकार अघि बढेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले खानी उत्खनन् तथा अनुसन्धान गर्ने र उद्योग ग्रामलाई अगाडी बढाउने
तयारी गरेको बताउनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाले एक वर्षको कार्यकालमा गरिएका उपलव्धी नगरउपप्रमुख हरिहर शर्माले सार्वजनिक गर्नुभएको थियो । शर्माले २७ उपलव्धी र ९ बुँदाको चुनौती सार्वजनिक गर्नुभएको थियो । शर्माले चैत मसान्त भित्रै ९५ प्रतिशत योजना सम्पन्न गरेको, विक्तिय सुशासनमा जिल्लामै प्रथम भएको लगायतका उपलव्धी सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट सकस बहादुर क्षत्री, पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय राना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीको स्वागत तथा शिक्षा शाखा प्रमुख खेम आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *