हराभरा सहकारीमा क्षमता मापन कार्यशाला

सन्तोष क्षेत्री, पर्वत ।
हराभरा सामाजिक उद्यमी महिला सहकारी संस्थामा दुई दिने क्षमता मापन कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

बिवाइसी बागलुङको आयोजना तथा हेफर इन्टरनेश्नलको आर्थिक सहयोगमा भएको गोष्ठीमा सहकारीका सञ्चालक र विभिन्न उपसमितिका सदस्यहरुलाई सहकारीको वर्तमान अवस्था, विक्तिय व्यवस्थापन, प्रशासन व्यवस्थापन, बजार तथा व्यवसाय व्यवस्थापन, अनय संघ संस्था संग समन्वय र संस्थामा सुशासन कायम गर्ने विषयमा छलफल भएको थियो ।

पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा रहेको सहकारीमा सञ्चालक र सदस्यहरुलाई हेफर इन्टरनेश्नलका कार्यक्रम अधिकृत शान्त भट्टराई, बिवाईसी बागलुङका सहकारी क्षमता विकास सहजकर्ता निर्मल नेपालीले सहजीकरण गर्नुभएको थियो ।

हराभरा सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष शोभा क्षत्रीले महिला सहकारीका सञ्चालक र सदस्यलाई वित्त व्यवस्थापन संगै सहकारीको वर्तमान अवस्थाको बारेमा गरिएको कार्यशालाले आगामी दिनमा काम गर्न सहज हुने बताउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *