जैमिनी नगरपालिकामा छैंटौ नगरसभा बैठक सम्पन्न

सन्ध्या आचार्य, बागलुङ ।
बागलुङको जैमिनी नगरपालिकामा छैंटौ नगरसभा सम्पन्न भएको छ । नगरसभा बैठकले कृषि सामग्री खरिद कार्यविधी, अपाङगता भएका व्यक्तिहरुको परिचयपत्र सम्वन्धि कार्यविधी, बोट बिरुवा हटाउने सम्वन्धि कार्यविधि पास गरेको छ ।

समपूरक कोष विनियोजन गरिएको सभामा पेश गरिएकोमा नगरसभाले पारित गरेको छ । नगरसभामा प्रस्तुत भएका कार्यविधिमा नगर सदस्यहरुले दिएको सुझावको आधारमा पूर्नविचार गर्न समिति निर्माण गर्ने निर्णय गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले प्रस्तुत गर्नुभएको कार्यविधिलाई नगर सभा अध्यक्ष नगर प्रमुख ईन्द्रराज पौडेलले स्पष्ट पर्नुभएको थियो ।

नगरसभा बैठकमा आर्थिक बर्ष ०७५÷०७६ को आय व्यय र बचत प्रस्तुत गरिएको थियो । ०७५/०७६ को आम्दानी ५२ करोड ७९ लाख ५ हजार भएकोमा ४६ करोड ३५ लाख १२ हजार ८ सय ६५ खर्च भई ४ करोड ८७ लाख ६८ हजार १ सय ५५ रुपैंयाँ बचत भएको छ । बचत भएको समपूरक बजेट कार्यपालिकाको निर्णय अनुसार बजेट विनियोजन गदाँ छुटेका विषयमा पुनः विनियोजन गरीएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले बताउनुभयो ।

नगर उप प्रमुख लिला रानाले नगरले यस पटक सडक, पशुपालन, कृषिक्षेत्र शिक्षा, स्वास्थ्य, लगायतका विषयमा ‘नगरको समृद्धि हाम्रो समृद्धि’ हो भन्ने खालको कार्यक्रम ल्याउने र नगरपालिकाको घडेरीको काम पनि अन्तिम चरणमा पुगेको लालपुर्जा नगरको हातमा आउन मात्र बाँकी रहेको बताउनुभएको थियो । नगर सभाले विधान समिति,लेखा समिति,र शुसासन समिति गठन गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *