कालिगण्डकी अवैध रुपमा दोहन गर्ने आठ ट्याक्टर नियन्त्रणमा

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध रुपमा कालिगण्डकी दोहन गरि गिट्टी, ढुङ्गा र बालुवा ओसरपास गर्ने आठ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

बागलुङ नगरपालिका–१ खनियाघाट स्थित कालिगण्डकी नदी किनारामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

प्रहरीको गस्ती टोलीले ध १ त ३३५, ध १ त ३४३, ध १ त ३८८, ध १ त ५८९, ध १ त ४६७, ध १ त २१३, ध १ त २४१ र लु ५ त १२६७ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई ढुङगा तथा बालुवासहित आवश्यक कारबाहीको लागि बागलुङ नगरपालिकाको कार्यालयमा पठाइएको उहाँको भनाइ छ ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पालिकाको नियम अनुसार ट्याक्टरलाई जरीवाना गरेको बताउनुभयो । पहिलो पटक कारबाहीमा पर्ने सात वटालाई पाँच÷पाँच हजार र दोस्रो पटक कारवाहीमा परेको एउटालाई १० हजार रुपैयाँ जरीवाना गरेको उपप्रमुख खड्काले बताउनुभयो । पछिल्ललो समय कालिगण्डकी अवैध रुपमा दोहन भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *