आस्था सहकारीद्वारा मानव सेवा आश्रमलाई भवन निर्माण सामाग्री सहयोग

आदर्श अनलाइन, बागलुङ
आस्था बचत तथा ऋण सहकारी लिमिटेड बागलुङको १२ औं स्थापना दिवसको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सहयोग गरेको छ । सहकारीले स्थापना दिवसका अवसरमा मानव सेवा आश्रमको नयाँ भवन निर्माणको लागि २० बोरा सिमेन्ट सहयोग गरेको हो ।

विसं २०६८ सालमा स्थापना भएको आस्था बचत तथा ऋण सहकारीमा हाल एक सय ४९ जना शेयर सदस्य रहेका छन् । बागलुङका सामाजिक अभियन्ताको सक्रियतामा सञ्चालित मानव सेवा आश्रममा जन्मदिन, वैवाहिक वर्षगाँठ, संघसंस्थाको स्थापना दिवस, परिवारका दिवंगत सदस्यको स्मृति तथा अन्य कार्यहरूमा आर्थिक तथा भौतिक सहयोग हुने गरेको छ ।

बागलुङ नगरपालिका–३ किनारा टोलमा रहेको आश्रममा ४९ जनाले आश्रय लिइरहेको आश्रमका सञ्चालक विपना तामाङले जानकारी दिनुभयो ।

बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीनको सहारा बन्दै आएको संस्थाले सडकआश्रित मानवमुक्त राष्ट्र बनाउनुलाई आफ्नो प्रतिबद्धता बनाएको छ । अहिले आश्रमको बागलुङ नगरपालिका वडा नं ४ निरेघाटमा ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन बनिरहेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रमको संचालन सहकारीका सचिव निलेश राजभण्डारीले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *