म्याग्दीमा १३ जना पत्रकारको मात्रै नविकरण गरिने

आदर्श अनलाइन, म्याग्दी
नेपाल पत्रकार महासंका म्याग्दी शाखा १३ पत्रकारको मात्रै सदस्यता नविकरण गर्ने भएको छ । हाल ५७ जना सदस्य रहेको म्याग्दीमा ४४ जना सदस्यको सदस्यता नविकरण नगर्ने निर्णय भएको शाखाका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।

महासंघको बैठकले केन्द्रले जारी गरेको शुद्धीकरण कार्यविधि नविकरण गर्ने निर्णय गरेको उहाँको भनाई । महासंघको बैठकले १३ जना सदस्यको मात्रै नविकरणका लागि प्रदेश र केन्द्रीय समितिमा सिफारिस गरिएको शाखा सचिव सन्तोष गौतमले बताउनुभयो ।

शाखाको बैठकले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले निर्धारण गरेको मापदण्डलाई पूर्ण रुपमा पालना गरेको उहाँको भनाई छ । हाल विभिन्न सञ्चार माध्यममा कार्यरत रहेका पूर्णकालीन पत्रकारको मात्रै अहिले सदस्यता नविकरणमा परेको महासंघले जनाएको छ ।

कार्यविधिले तोके अनुसार पत्रकारिता पेसामा पूर्णकालीन रुपमा संलग्न भएकाको मात्र सदस्यता नविकरण गर्ने हुँदा नयाँ सदस्ताका लागि परेका आवेदन मापदण्ड अनुसार नभएपछि महासंघले नयाँ सदस्यताका सिफारिस नगर्ने निर्णय भएको गौतमको भनाई छ ।

सदस्यता शुद्धीकरणलाई सहज बनाउन शाखाको बैठकले उपाध्यक्ष हरिकृष्ण गौतमको संयोजकत्वमा सल्लाहकार ठाकुरप्रसाद आचार्य, प्रेस चौतारीका अध्यक्ष प्रताप बानियाँ, प्रेस युनियनका अध्यक्ष राकेश शर्मा, प्रेस सेन्टरका अध्यक्ष कमल खत्री रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदलको बैठकले नविकरण गर्ने सदस्य, मानर्थ सदस्य तथा ससम्मान रुपमा बिदाई गर्ने सदस्यहरुको नामावली तयार पारी प्रतिवेदन बुझाएको थियो । कार्यदलले बुझाएको प्रतिवेदनलाई बैठकबाट सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *