बुर्तिबाङ बजारको फोहोर व्यवस्थापनमा समस्या

डम्मर बुढा मगर, बागलुङ
पश्चिम बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङमा तीव्र गतिमा बजार विस्तार भइरहेको छ । बजार विस्तार हुँदै गए पनि पूर्वाधार निर्माण भने सुस्त गतिमा भइरहेको छ । बजारमा जनघनत्व पनि बढ्दो छ । गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको संख्या पनि दिनदिनै बढ्दै गएको छ । वर्षौँ अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेक्न सक्ने अवस्था छैन । अहिले बजारको फोहोर व्यवस्थित रुपमा व्यवस्थापन हुन सकेको छैन । ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङ बजारको फोहोर अहिले वडा नम्बर ३ स्थित बाघखोरमा फालिँदै आइएको छ ।

ढोरपाटन नगरपालिकाले छ वर्ष अगाडिदेखि बाघखोरमा फोहोर व्यवस्थापन गर्दै आएको छ । त्यसभन्दा पहिले स्थानीय भूजीखोलामा फोहोर फ्याक्ने गर्थे । अहिले पनि बाघखोरमा व्यवस्थापन गरिएको फोहोर खोलामै बग्ने गरेको छ । अव्यवस्थित रुप व्यवस्थाप गरेको फोहोर हावाले उडाएर र पानी बर्दा बगाएर खोलामै पु¥याउने गरेको छ । जसले गर्दा तमानखोला र भूजीखोला प्रदूषित बनेका छन् ।

यि दुवै खोला बडिगाडखोलामा मिसिन्छन् । फोहोरले जलचर जीवलाई असर पु¥याइ रहेको छ । अहिले फोहोर व्यवस्थापन गरेको ठाउँ नगरपालिकाको वडा नम्बर ३, ४ को विभिन्न गाउँहरु र तमानखोला पुग्ने सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइड’ का कारण यात्रुलाई समस्या पर्ने गरेको छ ।

बुर्तिबाङ–बोङ्गादोभान सडकमा दैनिक दर्जनौँ गाडी संचालन हुन्छन् भने सयौँ यात्रु ओहोरदोहोर गर्छन् । गाडीमा भन्दा पैदल यात्रुलाई फोहोरको दुर्गन्धले समस्या गराएको छ । बुर्तिबाङ बजारको फोहोर नगरपालिकाको गाडीले दैनिक यही ल्याएर फ्याक्ने गर्छ । कुहिने तथा नकुहिने सबै फोहोर एकै ठाउँ फालिदै आइएको छ । साँघुरो ठाउँ हुँदा ‘डम्पिङसाइड’ व्यवस्थापन गर्न समस्या भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताउनुभयो । फोहोर व्यवस्थापनका लागि नयाँ सहर आयोजनासँग सहकार्य गरेर ठाउँ जग्गा खोज्ने उहाँको भनाइ छ ।

“बुर्तिबाङ बजार निकै साँघुरो र वरपर पर्याप्त जग्गा नहुँदा पुरानै ठाउँमा अहिले फोहोर व्यवस्थापन गर्नुको विकल्प छैन, जग्गा खोजी गरि रहेका छौँ, जाग्गा पाउँदा साथ फोहोर व्यवस्थित रुपमा व्यवस्थापन हुने छ,” उपप्रमुख कायतले भन्नुभयो – “पहिले खोलमै फाल्ने फोहोर अहिले डम्पिङसाइडसम्म पुगेको छ, बजारलाई स्वच्छ, सफा र सुन्दर बनाउने अभियानमा हामीहरु लागेका छौँ, केही समयमै यो समस्याको समधान हुने छ ।”

सडक छेउमा थुप्रिएको गन्धले यात्रा गर्न समस्या भएको तमानखोलाका विरबहादुर सिर्पालीले बताउनुभयो । फोहोरमा भन्किने झिँगा बाटोमै आउने हुँदा रोग सर्ने खतरा बढेको उहाँले गुनासो गर्नुभयो । नगरपालिकाले यतिका वर्षसम्म पनि व्यवस्थित डम्पिङसाइड निर्माण गर्न नसक्दा त्यस वरपरको क्षेत्र दुगन्धित बनि रहेको सिर्पालीको भनाइ छ ।

उहाँ भन्नुहुन्छ – “अहिले फोहोरलाई तमानखोलाको किनारमा थुपारिएको छ, ठूलो पानी प¥र्यो भने सबै फोहोर खोलामा जान्छ, हावाहुरी चले पनि उडाएर वातावरणनै प्रदूषित बनाएको हुन्छ, नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको यस तर्फ ध्याननै पुगेको छैन, कुहिने र नकुहिने फोहोर छुट्याएर ‘रिसाइकिलिङ’ गर्न सके फोहोर पनि आम्दनीको स्रो बन्ने थियो, यस तर्फ कसको ध्यान जाने ?”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *