सहकारी विभागको निष्कर्ष : सहकारीमा तीन समस्या तीन समाधान

आदर्श अनलाइन, बागलुङ

संघीय सहकारी विभागले सहकारी क्षेत्रमातीन प्रकारका समस्या औल्याएको छ । विभागका तर्फबाट शुक्रवार काठमाडौंमा गरिएको पत्रकार सम्मेलन मार्फत विभागले तीन प्रकारका समस्या समाधानका लागि तीन प्रकारकै उपाय अगाडि बढाएको छ ।

सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा जस्ता खालका समस्या देखिएका छन् त्यही तरिकाले समाधान खोज्न थालिएको बताउनु भएको छ ।

सहकारी विभागको निष्कर्षमा सहकारीमा देखिएका ३ प्रकारका समस्या र समाधानका उपायका बारेमा रजिष्ट्रार घिमिरेको भनाइ

१. कोभिड पछि विश्वको अर्थतन्त्रमा समस्या देखिदै गएको छ । रुस र युक्रेन युद्धले पनिवित्तीय क्षेत्रमा असर गरेको छ । विश्वकै समस्याको असर नेपालमा पनि परेको छ र त्यसले सहकारी क्षेत्रलाई प्रभावित बनाएको छ । नेपालमा रहेका करिव ३० हजार सहकारी मध्ये १५ हजार भन्दा बढीले वित्तीय कारोबार गर्छन्, वचततथा ऋणको कारोबार गर्ने सहकारीहरुमा यतिबेला तरलताको समस्या देखिएको छ । शुरुमा एक दुईवटा सहकारीले वचतफिर्ता गर्न नसकेका कारण हल्ला बढ्दै गएका कारण राम्रै तरलताभएका सहकारीमा पनि विस्तारै समस्या देखिन थाल्यो । तरलताका कारण प्रेसरमा परेका सहकारीहरु पहिलो प्रकारका सहकारीहरु हुन् । उनीहरुको वित्तीय अवस्था, सम्पत्ती र दायित्व खराव छैन, स्वस्थ छ, यिनी समस्याग्रस्त भएका होइनन्, यिनको व्यवस्थापनका लागि एउटा विधि तय गरेका छौ ।

२. दोस्रो तरिकाका सहकारीमा जम्मा भएको वचत रकम अन्य क्षेत्रमा लगानी गरेका छन् । घरजग्गा, शेयर, सुपरमार्केट लगायतका क्षेत्रमा लगानी गरेका कारण सहकारीहरु समस्यामा देखिएका छन् ।

३. तेस्रो तरिकाका सहकारीहरुमा सञ्चालकहरुको बदनियत देखिएको छ । ठुलो मात्रामावचत संकल नगर्ने र त्यो रकम यिनले आफ्नो नाममा, आफन्तहरुका नाममा कम्पनी खडा गरेर त्यसमा लगानी गरेका छन् ।

यि तिनप्रकारका समस्याको पहिचान पछि यसको समाधान पनि ३ प्रकारले नै गर्र्नु पर्छ भन्ने विभागको निष्कर्ष छ ।
समाधानका उपाय
१. आर्थिक क्षेत्रमा आएको समस्याका कारण सहकारीमा समस्या देखिएका सहकारीहरुको दायित्व र सम्पत्तीको अवस्था पहिचान गर्ने, आर्थिक अवस्था स्वस्थ छ, तर तरलताको प्रेसरमा छन् भने त्यस्ता सहकारीहरुलाई सहजता प्रदानगर्नका लागि विभागले शेयर सदस्यहरुलाई अनुरोध गर्न सक्छ । त्यसका लागि सञ्चालकहरुले सदस्यहरुसंंग अन्तरक्रिया गरी समस्याको समाधान निकाल्नु पर्छ । संस्थाका सञ्चालकहरुले संस्थाको सम्पूर्ण अवस्था प्रष्ट हुने र त्यसको जिम्मेवारी पूर्ण रुपमाआफुहरुले लिने गरी श्वेतपत्र जारी गरेपछि वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान भएपछि सहज रुपमा संस्था सञ्चालन हुन्छ भन्ने प्रतिवद्धता गरेपछि वचत फिर्ताका लागि समय सिमातोक्न सक्नेछन् ।

२. दोस्रो तरिकाले समस्यामा परेका सहकारीहरुको हकमाति सहकारीका सञ्चालकहरुले पनिआफ्नो सम्पूर्ण अवस्था प्रष्ट हुने गरी श्वेतपत्रजारी गर्नु पर्नेछ । संस्थाको दायित्व भुक्तानीका लागि सञ्चालकहहरुले व्यक्तिगत तथा सामुहिक तरिकाले कानुनी रुपमा दायित्व ग्रहण गर्ने ग्यारेण्टी गर्नु प¥यो त्यसो गर्दा पनि संस्थाले वचतकर्ताहरुलाई समय सिमातोक्न सक्नेछन्, त्यसका लागि सहकारी विभाग समन्वय गर्न तयार छ ।

३. तेस्रो प्रकारले समस्यामा परेका सहकारीहरुमा सञ्चालकहरुले गलत लगानी गरेका हुन् । यस्ता सहकारीका सञ्चालकहरुलाई कानुनी दायरामा ल्याउने र कार्वाहीगर्ने हो । उनीहरुबाट वचतकर्ताको रकम असुली गराउने हो । सम्पूर्ण दायित्व उनीहरुलाई नै लिन लगाउने हो ।
सहकारीमा देखिएको समस्या र समाधानका ३ उपायहामीले अगाडि बढाएका छौ । सहकारीमा समस्या देखिएको छ, तर नियन्त्रण भन्दाबाहिर गएको छैन । ऐन कानुनका प्रावधानहरुको कार्यान्वयन गर्दै जाने हो । कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण लगायत जे जे बनाउनु पर्छ त्यो बनाउदै जाने हो र तत्कालको समस्या समाधानका लागि श्वेतपत्र जारी गरी सदस्यहरुसंगको समन्वयका आधारमा सहकारीहरुले समय सिमा तोकेर अगाडि बढ्दा धेरै समस्या समाधान हुन्छ ।
सदस्यहरु सहकारीमा देखिएको अविश्वासका कारण पैसा निकाल्न जानु भएको छ भने धैर्य गर्नुस, संस्थाको अवस्था पहिचान गर्नुस, तपाई सदस्यभएको संस्था तरलताका कारण समस्यामा परेको हो भने सहयोग गर्नुस, समय दिनुस, गलत भएको छ भने कानुनी बाटो खोज्नुस, हामीलाई सम्पर्क गर्नुस, हामी सहयोग गर्न तयार छौ ।

सहकारीको ऋण तिर्न नतिर्नेलाई कडा कार्वाही हुन्छ : सहकारी विभाग
सहकारी विभागले सहकारीबाट लिएको ऋण तिर्न पर्दैन भन्नेहरुलाई सरकारले कठोर कानुनी कारवाही गर्ने जनाएको छ । विभागले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गरी ऋण तिर्न पर्दैन र नतिने भन्ने जस्ता वित्तीय अराजकतालाई नजिकबाट नियालेको भन्दै यस्तो अराजकता नियन्त्रण गर्न जस्तोसुकै कठोर कानुनी कार्वाहीगर्ने उल्लेख गरेको छ । ऋण लिएर तिर्ननपर्ने कल्पना गरेको भएत्यो आफैका लागि प्रत्युत्पादकहुने विभागले स्पष्ट पारेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *