मालिका र मंगला गाउँपालिकालाई सहकारी बैंकका १४ सुझाव

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेडले म्याग्दीको मालिका र मंगला गाउँपालिकालाई आगामी बजेटमा सहकारीलाई सम्बोधन गर्न भन्दै १४ बुदे सुझाव दिएको छ ।
स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहकारीका क्षेत्रमा काम गर्नका लागि भन्दै बैंकले १४ बुदे सुझाव दिएको हो ।

मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूर्ण बहादुर कार्कीलाई बिहीवार राष्ट्रिय सहकारी बैंक जिल्ला सम्पर्क समन्वय उपसमिति म्याग्दीका सल्लाहकार प्रेम प्रसाद कंडेलले सुझाव पत्र प्रदान गर्नु भएको थियो । सुझाव पत्र बुझेपछि प्रमुख प्रशासकीय अधिकृत कार्कीले सहकारीको प्रवद्र्धनका लागि पालिका समन्वय गरेर अगाडि बढ्न प्रतिवद्ध रहेको बताउनु भएको थियो ।

यस्तै मंगला गाउँपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत शिव कुमार पौडेललाई बैंकका तर्फबाट पश्चिम नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीका अध्यक्ष भीम प्रसाद गौतमले सुझाव पत्र हस्तान्तरण गर्नु भएको थियो ।

सुझाव पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले पालिकाले बनाउने योजना तथा कार्यक्रममा सहकारीको विषयलाई प्राथमिकतामा राख्नका लागि पहल गर्ने बताउनु भएको थियो ।

सहकारी बैंकले देशभरका सबै पालिकालाईहरुलाई सहकारीमैत्री नीति निर्माण र सहकारीको प्रवद्र्धनका लागि बजेट विनियोजन गर्नका लागि १४ बुदे सुझाव दिइएको बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *