सदस्यहरुलाई आदर्श सञ्चारको आव्हान : ‘नियमित बचतलाई प्रभावकारी बनाऔ’

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेका सदस्य भेटौ : सदस्य सुनौ अभियान अन्तरगत शनिवार सदस्यसंग अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
शेयर सदस्यहरुलाई संस्थाको वित्तीय लगायत संस्थागत अवस्था बारे जानकारी गराउने र सदस्यहरुसंग सुझाव लिनका लागि कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले शुरुवातदेखि नै शेयर सदस्यहरुसंग मात्रै कारोबार गर्दै आइरहेको छ । संस्थामा हाल ३ हजार ३ सय ८४ जना शेयर सदस्य रहेका छन् । शेयर सदस्यहरुबाट संकलित शेयर पूँजि ५ करोड ६४ लाख ५८ हजार र बचत रकम २६ करोड १० लाख ५४ हजार रहेको छ ।

No description available.

संस्थाले १ हजार ४१ जना शेयर सदस्यहरुलाई विभिन्न शिर्षकमा ३५ करोड २१ लाख १६ हजार रुपैया ऋण लगानी गरेको कार्यक्रमको जानकारी गराइएको थियो । गत मंसिरमा सम्पन्न संस्थाको १६ औं वार्षिक साधारणसभाले नियमित बचतलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेकोले सबै शेयर सदस्यहरुलाई नियमित बचत अभियानमा सक्रिय रुपमा सहभागी हुन अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले आव्हान गर्नु भयो ।

No description available.

संस्थाले दिर्घकालिन बचत, मासिक बचत लगायत नियमित बचतलाई प्राथमिकता दिएकाले सबै शेयर सदस्यहरुको सक्रिय सहभागिताका लागि आव्हान गरिएको जिसीले जानकारी दिनुभयो । संस्थाबाट ऋण लिएका सदस्यहरुलाई ब्याज तथा किस्ता समयमा बुझाउनका लागि समेत जिसीले आव्हान गर्नु भयो ।

संस्थाको सञ्चालन विधि लगायत समग्र अवस्था र आगामी योजनाका बारेमा संस्थाका सम्पादक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो । सहकारीले बचत भनेर संकलन गरेको रकम शेयर सदस्यहरुलाई ऋण लगानी गर्न मात्र पाइने व्यवस्था रहेको भन्दै उहाँले आदर्श सञ्चार सहकारीले आफ्ना १ हजार ४१ जना शेयर सदस्यहरुलाई ऋण लगानी गरेको जानकारी दिनुभयो ।

No description available.

मुलुकभर देखिएको वित्तीय संकट र केही सहकारीमा आएको समस्या र त्यसको हल्लाका कारण समग्र सहकारी क्षेत्रलाई प्रभावित बनाएको भन्दै जिसीले आफ्ना सदस्यहरुलाई लगानी गरेका सहकारीहरुलाई सदस्यहरुले नै सहयोग गरेर सहज रुपमा सञ्चालन हुने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो ।

No description available.

“सहकारी नियम संगत छ वा छैन, गैर शेयरसंग कारोबार गरेको छ वा छैन र यसले शेयर सदस्यलाई लगानी गरेको छ वा अन्यत्रै लगानी गरेको छ भन्ने विषय बुझेर मात्रै सहकारीमा कारोबार गर्न आवश्यक रहेको छ” जिसीले भन्नुभयो “सदस्यको बचत सदस्यमै लगानी गर्दा एकदिन उक्त लगानी उठ्छ, तर अन्यत्रै लगानी गर्ने आफन्तको नाममा व्यापार गर्ने कार्यले सहकारीलाई बद्नाम बनाएको छ ।”

No description available.

सहकारीको रकम सदस्यहरुमा लगानी गरेका सहकारीहरुले ऋण उठाएर सदस्यको बचत फिर्ता गर्ने आधार भएको भन्दै उहाँले सहकारीको पैसा आफ्नो निजी व्यवसायमा सञ्चालन गर्ने र बचत फिर्ता नगरी सम्पर्क विहिन हुने कुराले समस्याको समाधान नहुने बताउनुभयो ।

No description available.

कार्यक्रममा संस्थाका सल्लाहकार सुरेश प्रसाद श्रेष्ठले एक दुईवटा सहकारीले गलत गर्दा सबै सहकारीमा प्रभाव परेको भन्दै नियम संगत रुपमा चलेका सहकारी समस्यामा नपर्ने बताउनुभयो । उहाँले आदर्श सञ्चार सहकारीले सदस्यहरुसंग मात्रै कारोबार गरेकाले सदस्यहरुको सक्रियतामा जस्तो सुकै समस्या आएपछि समाधान गरिने बताउनुभयो ।

No description available.

कार्यक्रम आदर्श स्ञ्चार सहकारीका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता, कोषाध्यक्ष शान्तिलक्ष्मी श्रेष्ठको स्वागत तथा सचिव सरस्वती खड्का परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *