काठेखोलाको रेशमा दुई दिने उद्घोषण,पत्रकारिता तालिम शुरु

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा दुई दिने पत्रकारिता तथा उद्घोषण तालिम मंगलबारदेखि शुरु भएको छ ।

ओदानडाँडा सामुदायिक सिकाई केन्द्र रेशको आयोजनामा सञ्चालित तालिमको काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछानेले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन पछि बोल्दै अध्यक्ष लामिछानेले स्थानीय स्तरमा हुने कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र गाउँ घरका समस्या तथा गतिविधिलाई सञ्चार माध्यमको पहँुचमा पु¥याउन तालिमले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

तालिमले व्यक्तित्व विकासका साथै ग्रामिण क्षेत्रमा गरिने बिभिन्न कार्यक्रम सञ्चालनमा थप सुधार गर्ने अभिप्रायले तालिम आयोजना गरिएको ओदानडाँडा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष प्रजापति गौतमले बताउनुभयो ।

रेशमा रहेका ८ वटा सामुदायिक विद्यालय तथा दुई संस्थागत विद्यालयका प्रतिनिधि विद्यार्र्थी तथा शिक्षक, सामुदायिक घरवासका सञ्चालक तथा सामुदायिक बन, स्थानीय सहकारी तथा संघ संस्था, वडा कार्यालय लगायतवाट ५३ जनाको सहभागिता रहेको तालिमको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले सहजिकरण गर्नुभएको छ ।

उद्घाटन कार्यक्रम अध्यक्ष गौतमको अध्यक्षता, रेश नुन्थला माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाको स्वागत मन्तव्य र स्टार युथ क्लबका अध्यक्ष डिलबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । तालिम बुधबार समापन हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *