आदर्श सञ्चार सहकारी संस्थाद्वारा राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्य नर बहादुर क्षेत्रीकी आमा काठेखोला गाउँपालिका– ८ स्थायी घर भई हाल बागलुङ नगरपालिका– ३ गुठी निवासी अमृता क्षेत्रीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा गरि राहत हस्तान्तरण गरेको हो ।

क्षेत्रीको निधन भएको एघारौं दिनको पुण्यतीथि पारेर आइतबार गते श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको हो ।

श्रद्धाञ्जली सभामा संस्थाका सल्लाहकार सुरेश प्रसाद श्रेष्ठ, सञ्चालक अम्बिका जि.सी., शेयर सदस्य चन्द्र बहादुर क्षेत्री, कर्जा सहायक संगिता खड्का, बजार प्रतिनिधि हरिराम शर्मा (गणेश) लगायतले एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद रु. पाँच्र हजार रुपैयाँ स्वर्गीय क्षेत्रीको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *