भुपू सैनिक सहकारीले गर्यो होमस्टे प्रवद्र्धन

आदर्श अनलाइन, म्याग्दी
बेनी स्थित भुपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले होमस्टे प्रवद्र्धन गर्नुका साथै रणनीतिक व्यवसायीक योजना निर्माण गरेको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा आयोजना भएको होमस्टे प्रवद्र्धन गर्नुका साथै रणनीतिक व्यवसायकि योजना निर्माणमा बेगखोला क्षेत्रका नागरिकको समेत साथ रहेको सहकरी संस्थाका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।

सदरमुकाम भन्दा बाहिरको स्थानमा पुगेर पनि पर्यटनको प्रवद्र्धन गर्दै सहकारीकर्मीको उत्पादन र आम्दानी बढाउनका लागि महत्वपूर्ण हुने देखिएकोले बेगखोलामा आयोजित कार्यक्रमले देखाएको उहाँले बताउनुभयो । सहकारीले आफ्नो पञ्चवर्षिय योजना अनुरुपको रणनीतिक व्यवसायीक योजना निर्माण गरिएको हो ।

बेगखोला सामुदायिक होमस्टेकी सञ्चालक टिका पुर्जा थजालीले भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो गाउँमा आएर पर्यटन प्रवद्र्धनमा सहयोगी भुमिका खेलेको बताउनुभयो । बेगखोला पर्यटकीय हिसाबले निकै राम्रो स्थान रहेको स्थानीयको भनाई छ । बेगखोलामा रहेको अग्लो तथा लामो झोलुङ्गे पुल पनि पर्यटकका लागि महत्वपूर्ण रहेको स्थानीयको भनाई छ । स्थानीय उत्पादन एवम् आर्गनिक खानेकुरा यहाँको विशेषता रहेको थजालीको भनाई छ ।

भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तीन दिनको अवधि लगाएर रणनीतिक व्यवसायीक योजना निर्माण गर्नका लागि पर्यटकीय क्षेत्रको नै छनौट गरेको अध्यक्ष सुवेदीको भनाई छ । भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अयोजना एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको प्राविधिक सहयोगमा चुस्त प्रकारको रणनीतिक व्यवसायीक योजना निर्माण समेत गरेको अध्यक्ष सुवेदीले बताउनुभयो । कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका मनोज खड्का र सुरज कोइरालाले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा रघुगंगा गाउँपालिका–१ का वडा अध्यक्ष बिलबहादुर फगामीले संस्थाले आफ्नो वडामा आएर कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो । यसरी सहकारीले गाउँमा आएर गर्ने कार्यक्रमले आर्थिक रुपमा टेवा पुग्ने उहाँको भनाई थियो । सोही कार्यक्रममो अवसरमा बेगखोला स्थीत भुपु सैनिक तथा परिवारलाई सम्मान गरिएको संस्थाका अध्यक्ष सुवेदीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *