कालिका यूपीभीसी फूटसल प्रतियोगिताको उपाधि बागलुङ एकता क्लवलाई

रोहन जि.सी, बागलुङ

संयुक्त चार युवा क्लव बागलुङले आयोजना गरेको राजेन्द्र स्मृति यूपीभीसी कप फूटसल प्रतियोगिताको उपाधि बागलुङ एकता क्लवले जितेको छ । सोमबार सम्पन्न फाईनल खेलमा हाईकर्स युनाइटेड बागलुङलाई ५–२ गोलको अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

उक्त फाइनल खेलमा बागलुङ एकता क्लबका खिम गुरुङले ४ गोल र रोशन छन्त्यालले १ गोल गरेका थिए । त्यस्तै हाईकर्स युनाईटेडको तर्फबाट राहुल थापा र अर्जुन पुनले एक/एक गोल गरेका थिए ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ताको रुपमा एकता क्लवका खिम गुरुङ पुरस्कृत हुनुभयाे। उहाँले प्रतियोगिताको अवधिभर १२ गोल गर्नु भएकाे थियाे ।

त्यस्तै प्रतियोगिताको वेष्ट किपरका रुपमा हाईकर्स युर्नाईटेडका गोल किपर अर्जुन खत्री, वेष्ट प्लेयरका रुपमा बागलुङ एकता क्लवका रोशन छन्त्याल पुरस्कृत भएको संयुक्त चार युवा क्लवका सचिव विरोश क्षेत्रीले बताउनुभयो ।

बागलुङ एकता क्लवले ५० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उप विजेता बनेको हाईकर्स युनाईटेड बागलुङले २५ हजार ५ सय रुपैयाँ, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको खेल संयोजक साकार अधिकारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *