यसकारण जनयुद्व दिवसमा ताराखोला गापामा सार्वजनिक विदा

आदर्श अनलाइन, बागलुङ

जिल्लाको ताराखोला गाउँपालिकाले जनयुद्व दिवसका दिन सरकारी विदाको घोषणा गरेको छ ।

गाउँपालिकाले बिहिवार प्रेस विज्ञप्ती मार्फत फागुन १ गतेका दिन जनयुद्व दिवसको अवसरमा सार्वजनिक विदा दिने जनाएको छ ।

ताराखोला गाउँपालिका जनयुद्वको उद्गम थलो हो । यस गाउँपालिकाबाट मात्रै जनयुद्धमा २१ जनाले ज्यान गुमाएका छन् भने २ जना अझै बेपत्ता छन् ।

मुलुकको ऐतिहासिक परिवर्तनमा जनयुद्वले खेलेको भुमिका र यस क्रममा अमुल्य जीवनको बलिदान, त्याग र समर्पण गर्ने योद्धाहरुको सम्झना र सम्मानमा पहिलो पटक सार्वजनिक विदा दिने निर्णय गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले जानकारी दिनुभयो ।

सार्वजनिक विदाका अवसरमा ताराखोला गाउँपालिका अन्र्तगतका सम्पूर्ण सरकारी कार्यालय तथा सामुदायिक विद्यालयहरु बन्द रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत उदित थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *