दुग्ध विकास बोर्ड खारेजीप्रति बागलुङ दूग्ध सहकारी संघको विरोध


आदर्श अनलाइन, बागलुङ
नेपाल सरकारले दूधमा भएको आत्मनिर्भरतालाई कमजोर गराउन हचुवाका भरमा दुग्ध विकास बोर्ड खारेजी गरेको भन्दै बागलुङ दुग्ध उत्पादक सहकारी संघले बिरोध जनाएको छ ।

संघले एक प्रेस विज्ञप्ती जारी गर्दै आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रममा समावेस भएको दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न नेपाल सरकारसँग माग गरेको हो ।

नेपालमा दुध उत्पादन बढाउन र यो पेशासँग आबद्ध किसानलाई व्यवसायी बनाउन बोर्डको भुमिका महत्वपूर्ण रहेको भन्दै संघले बोर्ड खारेजीको भत्र्सना गरेको बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले बताउनुभयो ।

गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ –“दुग्ध क्षेत्रलाई प्रबद्र्धन गर्न तथा कृषक र उद्योगहरुको हक हितका लागि सदैव उल्लेख्य भुमिका निभाएको दुग्ध विकास बोर्डको कामलाईयस्तो संबेदशनशिल बिषयलाई नकार्न सकिदैन ।”

सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको खारेजी गर्ने प्रस्ताव गरेकोमा संघको गम्भिर ध्यानाकर्षण भएको छ । संघले बोर्डमा रहेका समस्या समाधान र पुनः संरचना गरेर सञ्चालन गर्नुपर्ने माग गरेको छ । बोर्ड खारेजीले दुग्ध उत्पादक व्यवसाय धरापमा पर्ने संघको बुझाई छ ।

यो पनि पढ्नुहोस्