बागलुङमा विश्व दूध दिवस मनाइयो


आदर्श अनलाइन, बगालुङ
विश्व दुग्ध दिवस बागलुङमा मनाइएको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संघ बागलुङले बागलुङ नगरपालिका–१ रामरेखा स्थित धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयको विद्यार्थीलाई दुध वितरण गरेर दुग्ध दिवस मनाइएको हो ।

धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयका विद्यार्थीलाई ८० लिटर दूध वितरण गरिएको सहकारी संघले जनाएको छ ।



कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले बागलुङ दुधमा आत्मनिर्भर गराउन दूग्ध सहकारीको ठूलो भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगर तथा सहकारी संघका पूर्व अध्यक्ष युक्त प्रसाद कंडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।



कंडेलले दूधसंगै फलफूल खरिदका लागि व्यक्तिगतरुपमा रु. पाँच हजार नगद सहयोग गर्नुभएको थियो । कार्यक्रम बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष उमानाथ सापकोटाको स्वागत तथा सचिव राम बहादुर हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *